व्यवसाय प्रर्वद्धनमा जोड

पोखरा ।

पोखरा चेम्बर अफ कमर्स कास्कीलेउद्योग र व्यवसायको प्रर्वद्धनको बारेमा कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीसंग बुधबार अन्तक्र्रिया गरेको छ । चेम्बरले उच्च स्तरीय जापानी व्यवसायी प्रतिनिधि मण्डलसंग बुधबार भेटघाट गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसीले उद्योगी व्यावशायीको लागि शान्ति सुरक्षा, र व्यवसायीमैत्री वातावरण मिलाउने प्रतिवद्धता व्यक्त गरे । उनले व्यवसायीक वातावरण सिर्जना गर्न र उद्योगी व्यापारीको समस्या समाधानका लागि चेम्बर अफ कमर्ससंग सहकार्य गर्ने उल्लेख गरे ।

पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनारले निजी क्षेत्रको सही प्रतिनिधित्व गर्दै चेम्बरलेउद्योगी र व्यवसायीहरुको भावना र चाहना अनुसार काम गरेको बताए । अध्यक्ष सुनारले नेपालको आर्थिक, औद्योगिक तथा वाणिज्य क्षेत्रको विकासकोलागि तिनतहको सरकारलाई व्यवहारिक सुझाव दिएको जानकारी दिए ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल र वाणिज्य तर्फका उपाध्यक्ष गिता तिवारी गौतमले उद्योगपति तथा व्यापारीको हकहितको संरक्षण गर्दै मुलुकको आर्थिक विकासमा लाग्न पर्ने वेला आएको धारणा राखे ।

जापानको जी होल्डीङ कम्पनी लिमिटेडका अध्यक्ष मासाकी हिराईले फोहोर मैलालाई प्रसोधन गरी पानी, इन्धन र विद्युत उत्पादनको लागि नेपालका उद्योगी व्यवसायीलाई प्राविधिक सहयोग गर्ने बताए । कामदार मंहगो भएको कारण जापानबाट प्रविधी ल्याउदा बढी खर्चिलो हुने उल्लेख गर्दै अध्यक्ष मासाकीले जापानबाट विज्ञको टोली आएर प्राविधिक सहयोग गर्ने धारणा राखे । अध्यक्ष मासाकीले कम्पनीले विकसित गरेको प्रविधिले सरसफाईको व्यवस्थापन,सोलार र उर्जाको क्षेत्रमा उल्लेखनीय काम गरेको बताए ।