कर छली तथा भ्रष्टचारीलाई कारवाही गर्न समाजवादी युवा संघले प्रमलाई ज्ञापनपत्र पठायो

पोखरा ।

कर नतिर्ने, राजश्व छल्ने, भ्रष्टचारीलाई कारवाही गर्न माग गर्दै समाजवादी युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ। ज्ञापनपत्रमा एनसेल प्रकरणका दोषीलाई कारवाही र एनसेल सँग तत्काल कर असुली गर्नुपर्ने माग समेत गरिएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसी मार्फत समाजवादी युवा संघ केन्द्रीय सदस्य देवजंग क्षेत्री र संघका कास्की सचिव डि.बी.गुरुङले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाउनुभएको हो। बढ्दो भ्रष्टचार, महंगी, बेथिति र कर छलिकै कारण नेपालको आर्थिक रुपमा असफल भएकाले तत्काल राज्यलाई ठग्नेहरुलाई कारवाही गर्न माग गरिएको छ।

बेथितिकै कारण मुलुकमा सुशासन कायम हुन नसकेका सुशासन कायम गर्न सरकारलाई माग गरिएको छ, अन्यथा समाजवादी युवा संघ आन्दोलित हुन बाध्य हुने चेतावनी समेत दिइएको छ।

ज्ञापन पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी रमेश केसीले ज्ञापन पत्र तत्काल पठाउने बताउनुहुदै सुशासन र समृद्धिका लागि युवाहरुको साथ आवाश्यक रहेको बताउनुभयो।

समाजवादी पार्टीका केन्द्रीय सदस्य हुमबहादुर गुरुङले सुशासन कायम गर्नका लागि समाजवादी युवा संघका साथै समाजवादी पार्टी साथ दिन तयार रहेको बताउनुहुदै कास्कीमा सुशासन र समृद्धिका लागि आफुहरुको साथ रहने बताउनुभयो।