पोखराको फेवातालमा एक युवक मृत भेटिए

पोखरा ।

पोखराको फेवातालमा एक युवकको शव भेटिएको छ । फेवातालको ड्यामसाइडमा शव भेटिएको हो । बुधबार दिऊसो एक युवक फेवातालमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली र गोटाखोरको टोलीले युवकको शव फेवातालबाट निकालेका थिए छ । उनी को हुन् भन्ने अहिले सम्म खुलेको छैन ।