दुर्घटना न्युनिकरण गर्न प्रशिक्षण

पोखरा ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय इकाई समितिले संगठनमा आवद्ध मजदुरहरुलाईसवारी दुर्घटना न्युनिकरणबारे प्रशिक्षण दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्बर १६का अध्यक्ष जीवनप्रसाद आचार्यले आफैले आफैलाई जिम्मेवार र जवाफदेही बनाउने यातायात मजदुर संगठनले सकारात्मक कार्यक्रम गरेको बताए ।

संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इञ्चार्ज कर्णसिं गुरुङले संगठनको म जिम्मेवार यातायात मजदुरको अभियान प्रभावकारी भएको धारणा रखे । यातायात मजदुरको पक्षमा संगठनले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दैउपाध्यक्ष गुरुङले सवारी दुर्घटनालाई रोक्न र ट्राफिक व्यवस्थापनको लागि यातायात मजदुर सक्रियता पूर्वक लाग्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका ट्राफिक प्रहरी सहायक निरिक्षक लोकराज भण्डारीले ट्राफिकको व्यवस्थापन र सवारी दुर्घटना न्युनिकरणमा यातायात मजदुर महत्वपूर्ण भूमिका रहने बताए ।

प्रशिक्षणमा जिल्ला समन्वय समिति कास्कीका सदस्य गुमादेवी गौतम अधिकारी, वडा नम्बर १६का सदस्य विष्णुदेवी नेपाली, वडा नम्बर १९का सदस्य कोपिला केसी,संगठनका प्रदेश सदस्य तथा इकाई इञ्चार्ज दिपक रोकामगर, निजी तथा आवासीय इकाईका अध्यक्ष रुद्रमान प्रधान,सचिव कृष्णप्रसाद बास्तोला, यातायात मजदुरका नेता बाबरराम रानालगायतले म जिम्मेवार यातायात मजदुर अभियान अन्तर्गत १ वर्षमा ४८ हजार मजदुरलाई प्रशिक्षण दिने बताए ।