मालढुंगामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, पाँचको सनाखत

पोखरा।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ ।मृत्यु हुने मध्ये तीन जनाको घटनास्थलमै र चार जनाको धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्वरको बस विहान साढे ८ बजे पर्वतको मालढुंगा नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत भएको छ । सनाखत हुनेमा पर्वतको जलजला गाउँपालिका–८ का टिके परियार, उनकी श्रीमती सेती परियार, म्याग्दीको पाखापानीका राजेश पुन, विषमाया पुन र बाग्लुङ्ग नगरपालिका–४ कुडुलेकी शान्ति केसी रहेकी छन् ।अन्य दुई जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाईत भएका ३४ मध्ये १७ जना गम्भीर छन् ।

बस सडकबाट तल खस्दा ठुला ठुला ढुंगामा ठोक्किदै झरेका कारण घाइते हुनेको संख्या बढी रहेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।घाईते मध्ये २० जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ भने गम्भीर चार जनालाई हेलिकप्टर मार्फत पोखरा नै लगिएको छ ।अन्यको बागलुङमै उपचार भैरहेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment