पोखराको केआई सिंह पुलमा चिप्लीदा पर्यटको मुत्यु

पोखरा ।

पोखरा महानगरपालिका १ केआई सिंह पुल स्थित रहेको पार्कमा घुम्नेक्रममा चिप्लीदा एक भारतीय पर्यटकको मृत्यु भएको छ । भारतको महाराष्ट्र मुम्बई घर भएका ७२ बर्षिय प्रभुदास कन्जी महेर अचानक पार्कमा लड्न गएका थिए ।

लडेर बेहोस भएका बेहोस भएका उनको पोखराको फिस्टेल अस्पताल उपचारका लागि ल्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि पोखरा महानगरपालीका ९ साहारा टोल स्थित सुनिल परियारको घरमा बस्तै आएका म्याग्दीको दरवाङ घर बताउने वर्ष अन्दाजी ५५ को साईला मगर मृत्यु भएको छ ।