ब्रतबन्धको भोज खर्च कटाएर छोराको नाउँमा विद्यालयमा अक्षयकोष स्थापना

पोखरा । ब्रतबन्धको भोज भतेरमा हुने खर्च कटाएर एक परिवारले छोराको नाउँमा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।पोखरा–८, प्रतिभामार्ग बस्ने यदुनाथ अधिकारी र श्रीमती सरस्वती अधिकारी सरुले छोरा आदर्श अधिकारीको ब्रतबन्धको भोजवापतको २ लाख रुपैयाँ पृथ्वीनाराण मावि, धम्पुसमा अक्षयकोष स्थापनार्थ सहयोग गरेका हुन् ।

यदुनाथका बाबु स्व. कलाधर अधिकारीको स्मृतिमा विद्यालयको वार्षिकोत्सव अवसरमा प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मामार्फत विद्यालयलाई शुक्रबार सो रकम प्रदान गरियो ।अक्षयकोषबाट आउने व्याजमार्फत विद्यालयमा हुने विभिन्न क्रियाकलापमध्ये भलिबल, फुटबल, गायन, नृत्य, वक्तृत्वकलामा उत्कृष्ट र प्रतिभावान् विद्यार्थीलाई वार्षिकरुपमा पुरस्कृत गरिने अक्षयकोषदाता सरु अधिकारीले जानकारी दिइन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment