अनेरास्ववियुको सचेतना कार्यक्रम सम्पन्न

पोखरा ।

अनेरास्ववियू कास्किले यहि २५ गतेदेखि सुरु गरेको डेंगु र सेतो पुतली बाट लाग्ने रोगको बारेमा जनचेतना जगाउने कार्यक्रम आज बाट समापन गरेको छ।

आज सम्म कास्किका २० वटा सामुदायिक स्कुलमा कार्यक्रम सम्पन्न गरेको छ। पृथ्वीचोकको आसपासका क्षेत्रमा पनि पर्चा सामाग्री र मलम बितरण गरेको थियो। अभियानमा करिब पच्चीस हजार मानिस सग प्रत्यक्ष भेटेर सुरक्षाका उपाएका बारेमा जानकारी गराएको कार्यक्रम संयोजक अनेरास्ववियु कास्किका अध्यक्ष शेखर गौतमले जानकारी दिए।

कास्की बाट मात्र यो लामखुट्टे र सेतो पुतली पुर्णतः निर्मुल गर्न नसकिने गौतमले बताए । यसको निम्ति राज्यको तहबाट एकैपटक अभियान सुरु गर्नु पर्ने बताए । नबप्रभात मा बि का बिद्यार्थीले यो जानकारी बाट आफुहरुले धेरै कुरा सिकेको बताए र यो अभियान सुरु गर्ने अनेरास्ववियू लाई धन्यवाद दिए।

कार्यक्रममा डेंगु प्रशिक्षक डा सन्देश रमण पराजुली र नेत्र विशेषज्ञ सुबास नेपाल र धर्मेन्द्र घोरासैनी रहेका थिए । अनेरास्ववियु क्षेत्रीय इन्चार्ज रोशन भट्टराईले कार्यक्रम माथी प्रकाश पारेका थिए भने संचालन जिल्ला सचिवालय सदस्य माधब गौतमले गरेका थिए ।