बाहुनडाँडा पुगेर राखेप सदस्य गुरुङले भने– ‘मैदान निर्माण गर्न पहल गर्छु’

पोखरा ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले लम्जुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुन डाँडाको खेल मैदान निर्माणमा पहल गर्ने बताएका छन् । योङ स्टार क्लबको २२ औं बार्षिकोत्सब तथा १० औं बाहुनडाँडा कप हरितालिका तीज मेलाको उद्घाटन गर्न पुगेका उनले फुटबल खेल मैदानको स्थलगत अवलोकन गर्दै यस्तो मैदान निर्माणमा समन्यवकारी भुमिका खेल्ने बताएका हुन ।

उनले सम्भव भएसम्म अन्तराष्ट्रिय मापडण्ड अनुसारको फुटबल मैदान निर्माण गर्नुपर्ने सुझाब दिदै आफ्नो तर्फबाट समेत पहलकदमी हुने बताए । सरकारको नीति एक गाउँपालिका एक खेल मैदान अनुरुप नै मापडण्ड पुरा हुने किसिमको खेल मैदान निर्माणमा भुमिका खेल्ने गुरुङले उल्लेख गरे । उनले नेपाली खेलकुदको क्षेत्रमा मस्र्याङ्दी गाउँपालिकाबाट उत्पादित खेलाडीहरुको महत्वपुर्ण भुमिका भएको बताउदै खेलकुदको पुर्वाधार निर्माणमा आफ्नो ध्यानार्कण भएको बताए ।

उनले भौगलिक दृष्टिकोणले उचित नभएको टिप्पणी गर्दे प्राबिधिक पक्षबाट मिलेको खण्डमा खेल मैदान स्थानान्तरण गर्नका लागि स्थानियलाई सुझाब दिए । उनले स्थानियको फुटबल प्रतिको मोह र हरेक बर्ष लाग्ने मेलाको मुख्य आकर्षण भलिबल भएको बताउदै भने, ‘म राष्ट्रिय खेलकुद परिषदको सदस्य भएको हैसियतले यो ग्राउण्ड निर्माणको लागि सक्दो सहयोग गर्नेछु ।’

राखेप सदस्य गुरुङले फरक प्रसंगमा क्लबको २२ औं बार्षिकोत्सब तथा १० औं बाहुनडाँडा कप हरितालिका तीज मेलाको उद्घाटन गर्दै बाहुनडाँडाको खेलकुद बिकासमा बिशेष योगदान रहेको बताए । उनले उक्त क्षेबाट बक्सिङ तथा फुटबल लगायतका खेल बिकासमा टेवा पु¥याउदै आएको उल्लेख गरे । स्थानिय योङ स्टार क्लबले हरितालिका तीजको अवसरमा आयोजना गरेको फुटबल प्रतियोगिताका लािग खेलकुद सामाग्री खरिद गर्न एम.ए कन्सट्रक्सन प्रालिका ईन्जिनियर दीपक बराल र गुरुङले संयुक्त रुपमा ५० हजार सहयोग समेत गरेका थिए ।

आगामी २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष पबित्र गुरुङले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगिताको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ६० हजार र उपबिजेता टिमलाई नगद रु ३० हजार प्रदान गरिनेछ ।