विन्ध्यवासिनीमा चन्द्रा थापा

पोखरा ।

वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्द्रा थापा चयन हुनु भएको छ ।

अभिभावक भेला र वडा शिक्षा समितिवाट सदस्य सिफारिस भएपछि वसेको वैठकले अध्यक्षको जिम्वेवारी पुनः थापालाई नै दिएको हो । समितिको अन्य सदस्यमा गुरुदत्त भट्टराई , यदुनाथ वञ्जरा, हिराकुमारी अधिकारी,शंकर वस्नेत र नविन अधिकारी हुनुहुन्छ । त्यस्तै वडाध्यक्ष जीवनप्रसाद आचार्य पदेन सदस्य र प्रधानाध्यापक कृष्णप्रसाद आचार्य सदस्य सचिव रहनुभएको छ । समितिमा प्रतिनिधीत्व गर्ने शिक्षक प्रतिनिधी छनोट गर्न भने वाँकी रहेको छ । त्यस्तै महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा गुरुदत्त भट्टराई, निर्माण समिति संयोजकमा नविन अधिकारी, शैक्षिक गुणस्तर तथा विकास उपसमिति संयोजकमा शंकर वस्नेत,खरिद तथा विक्री उपसमिति संयोजकमा यदुनाथ वञ्जरा, क्यान्टिन तथा खाजा व्यवस्थापन उपसमिति संयोजकमा हिराकुमारी अधिकारीलाई जिम्वेवारी दिईएको छ ।

यसअघि पनि एक कार्यकाल पुरा गर्नु भएकी थापाले आफुलाई अभिभावक र वडाले विश्वास गरेर पूनः जिम्वेवारी दिएकोमा खुशी व्यक्त गर्दै, विद्यालयमा वाँकी रहेका शैक्षिक सुधार र भौतिक निर्माणलाई पुर्णता दिई नमुना विद्यालय वनाउने वताउनुभयो । उहाँले विद्यालयको संरक्षण र स्वामित्वमा रहेका महेन्द्र गुफा र चमेरे गुफाको वृहत्तर विकासका लागि गुरुयोजनालाई कार्यान्वयनमा ल्याईने स्पष्ट पार्नुभयो । पुनः अध्यक्ष चयन हुनु भएकी थापाकै कार्यकालमा, विद्यालय स्तरीय परीक्षा (एस ई ई २०७५)मा विद्यालय कास्कीमा उत्कृष्ट दोश्रो र गण्डकी प्रदेशमा तेश्रो हुन सफल भएको छ ।

विद्यालयको ७२ वर्षे ईतिहासमा महिला अध्यक्ष भएर लगातार दोश्रो कार्यकाल सम्हालेको यो पहिलो हो ।