पोउवा संघबाट खेलकुद मन्त्री माननिय जगत बहादुर सुनार (विश्वकर्मा) को स्वागत

पोखरा ।

युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर सुनार (विश्वकर्मा)ले खेलकुद तथा पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय संचार माध्यममा लैजान विभिन्न अन्तर्राष्ट्रिय स्तरका इभेन्टहरु गर्नुृपर्ने जानकारी गराउंनुभएको छ । खेलकुदलाई नजीकवाट नियाल्दा हरेक विधाका खेलहरु नेपालको प्रतिकुल मौषम, खोला, नदी, ताल–तलैया र भौगोलिक अवस्था अति अनुकुल रकेको वताउनुभयो ।

यसर्थ पर्यटन मन्त्रालय, खेलकुद मन्त्रालय र निजि क्षेत्र विच अन्तरक्रियात्मक कार्यक्रम गरी खेल विधा र भौगोलिक अवस्थाको अनुगमनवाट सुक्ष्म रुपमा संयुक्त लगानी गरी कार्यान्वयन गरेमा आन्तरिक एवं वाहिय पर्यटकहरुको स्वास्थ्य संरक्षण गर्नुका साथै आर्थिक रुपमा पनी मुनाफा लिन सकिने वताउनुभयो ।

२०७६ मंसीर १५ गतेदेखि २४ गते सम्म आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पोखरामा केही खेलहरु हुने जानकारी गराउंदै पोखरा रंगशालामा धेरै खेल विधाका पूर्वाधारहरु तयार हुंदै गरेको, आफ्नो तर्फवाट नेपाल भ्रमण वर्ष २०२० लाई प्रोत्साहन गर्ने र २०७६ आश्विन २९ गते पोखरामा हुने अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड–२०१९ का लागि सक्दो सहयोग गरी नेपाल चीन विचको सम्वन्धलाई प्रगाढ वनाउन पहल गर्ने वचनवद्धता व्यक्त गर्नुभएको छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले माननिय खेलकुद मन्त्रीज्युकाृे स्वागत गर्दै संघको गतिविधि वारेमा जानकारी गराउनुभएको थियो भने संघका निवर्तमान अध्यक्ष विश्व शंकर पालिखेले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघको संयुक्त आयोजनामा पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड–२०१९ हुन लागको जानकारी गराउनुभयो । चिनिया राजदूतको समेत उपस्थिती रहने सो दौड ४२ कि.मि. को लम्वाईमा घोडाको आकारमा रहेको र दौड तथा साइक्लिङ्ग फेवाताल वराहघाट— छोरेपाटन— फुर्सेखोला— मट्टिखान— सालमेडांडा— कुबिन्डे— ढावा— शान्तिस्तुपा फेवाताल हुंदै सम्पन्न हुने जानकारी गराउनुका साथै दौडको थिम लभ फर रन रहने वताउनुभयो ।

६ महिना अघि संघका महासचिव अर्जुन पोखरेलको नेतृत्वमा दौड हुने स्थलको अवलोकन तथा त्यहांका स्थानियहरु संग छलफल गरी दोडलाई कसरी सुरक्षित र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिईएको थियो । सोही समयमा रुटको छायाङ्कन गरी अन्र्तराष्ट्रिय मिडियाहरुमा प्रचार प्रसार गर्न चिनिया प्रतिनिधिहरुका साथै आयोजक एवं चिनका प्रतिनिधि तथा खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङ्ग, संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उपाध्यक्ष (वाणिज्य) पवन कुमार प्रजापती, कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छे लगायत कार्य समिति सदस्यहरु गरी १४ जनाको सहभागीता रहेको महासचिव अर्जुन पोखरेलले जानकारी गराउनुभयो ।