“वाईवाई तीजमेला–२०७६” सकियो, तीज गीतको प्रतियोगितामा हेम्जाको बर्चस्व

पोखरा ।

हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ सुरु भएको “वाईवाई तीजमेला–२०७६” सकिएको छ । एक हप्ता समम चलेको सो मेलाको प्रमुख आर्कषणको रुपमा आयोजना भएको मौलिक तीज गीत प्रतियोगिताका अधिकतम पुरस्कारहरु हेमजाले जितेको छ ।

जस अन्र्तगत प्रथम नमुना आमा समुह हेम्जा, द्धितीय राधाकृष्ण आमा समुह हेम्जा र सान्त्वना दुई जना मध्ये एक जना काम धेनु कृषक महिला समुह भएका छन् । तितृयमा मनकामना दिदी वहिनी समुह अधिकारी थर र सान्त्वना अर्कोमा देवीडाँडा आमा समुह भलाम भएका छन् । यसै गरी उत्कृष्ठ भेषभुषा राष्ट्रिय माध्यामिक विद्यालयको महिला शिक्षक समुह र धरहरा आमा समुह फुलवारी भए भने उत्कृष्ठ नृत्यमा अभियान आमा समुह सिम्पानीले जितेको छ । प्रतियोगितामा सक्षम नेपाल समुहलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको आयोजक संस्था पुस्पान्जली फेसन एन्ड इभेन्टकी संयोजक शोभा गौतमले जानकारी दिईन् ।

यसै गरी तिन दिन सम्म संचालन भएको एकल गृहिणी नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तितृयमा क्रमशः दिपा लामिछाने, पद्मा पौडेल र सरिता गौतम भएका छन् । सान्त्वनामा कल्पना खत्री र विष्णु तामाङले साझेदारी गरेका छन् ।

एक हप्ता सम्म संचालन मेलामा भएका ठेलो हान्ने प्रतियोगिता, टपरी गास्ने प्रतियोगिता लगाएतका सवै प्रतियोगिताहरुको पुरस्कार पनि आजै वितरण गरिएको कार्यक्रम संयोजक गौतमले जानकारी दिईन् । समापन कार्यक्रम तथा पुरस्कार बितरण कार्यक्रमको प्रमुख अथितीमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी रहेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा बाल्दै सभामुख अधिकारीले पोखराको पहिचान वनेको टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनु पर्ने धारणा राखे । उनले प्रदेशसभावाट समग्र पोखराको धरोहरका रुपमा रहेका सार्वजनिक स्थलहरुको संरक्षणमा विशेष भूमिका खेल्ने पनि प्रतिवद्धता जनाए ।

मेलाभित्र महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, विभिन्न व्यवसायिक स्टलहरु र मनोरञ्जनको निम्ति बाल उद्यानको समेत व्यवस्था गरिएको थियो । यसका अलावा मेलामा हेल्दी होम खुल्ला मौलिक तीजगीत प्रतियोगिता हुने र प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार एक सय एक , द्वितीयले २० हजार एक सय एक , तृतीयले १० हजार एक सय एक , सान्त्वनाले ५ हजार सगै उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यले २÷२ हजार नगद पुरस्कार पाए । यसै गरि प्रभु बैंक गृहणी नृत्य प्रतियोगितामा प्रथम हुनेले १०१०१, द्वितीयले ७१०१, तृतीयले ५१०१ र सान्त्वना हुनेले नगद २÷२ हजार पुरस्कार पाएका छन् ।

मेलाको मुख्य प्रायोजकमा वाइवाइ चाउचाउ , प्रायोजकमा सर्बोतम सिमेन्ट, सिक्नेचर र हरपल चामल, अफिसियल बैकीङ पार्टनरमा प्रभु बैंक, सह–प्रायोजकमा नेपाल टेलिकम, नेपाल आइस बियर र कुन्दन तेल, उप–प्रायोजकमा बिग मास्टर वाइन, सिद्धार्थ इन्स्योरेन्स र पिसा आटा, प्रबर्द्धकमा आकृती एड्भटाइजिङ, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड, सहयोगीहरुमा नारायणी स्टिल, हेल्दी होम, द बर्गर हाउस, अन्नपूर्ण केवलकार, रियो जुस, कमल सुनचादी, एनबिजेके सप्लायर्स, कल्चर रिसोर्ट , होटल बाराही, सल्युट गोर्खा ट्रेनीङ सेन्टर, कुइक्स चिजवल्स र पोखरा पिजा हाउस रहेको संयोजक शोभा गौतमले जानकारी दिइन ।