कालीगण्डकीमा ¥याफ्टिङ गर्नेको भीड

स्याङ्गजा ।
जाडो मौसम सकिएर गर्मीयाम शुरु भएपछि कालीगण्डकी नदीमा ¥याफ्टिङ गर्ने भीड बढेको छ ।

वर्खायाममा पानीको वहावका कारण र जाडो महिनामा पानी चिसो हुनाले खासै ¥याफ्टिङ चल्दैन ।

तर, गर्मीयाममा भने ¥याफ्टिङमा आउनेहरुको भिड लाग्ने गरेको छ । चैत पहिलो हप्तादेखी भने जलयात्रामा दैनिक ७० जनाको हाराहारीमा पर्यटकहरु जलयात्राका लागि आउने गरेको कालीगण्डकी ¥याफ्टिङ क्याम्पसका सञ्चालक होमबहादुर पुनले बताए ।

आन्तरिक पर्यटक तथा वाह्य पर्र्र्यटकहरु ¥याफ्टिङमा आएपछि व्यवसायीहरुलाई भ्याइनभ्याई भएको छ ।

कालीगण्डकीमा छोटो र लामो दुरीका ¥याफ्टिङ हुने गरेको छ । छोटो दुरीमा मालढुङगा देखि नयाँपुल सम्म ४ किलोमिटरको दुरीमा सञ्चालन हुँदै आएको छ भने लामो दुरीमा स्याङजाको मिर्मी सम्म सञ्चालन हुँदै आएको छ । पोखराका पर्यटन वयवसायीहरुले समेत कालीगण्डकी नदीमा ¥याफ्टिङका लागि पर्यटकहरुलाई लिएर आउने गरेका छन् ।