पोखरामा दुर्घटना, २ को मृत्य ३ घाइते

पोखरा ।

पोखरामा भएका दुई छुटाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत पोखरा–३२ गगनगौँडामा बुधबार राति ना५ख ५०४६ नम्बरको ट्रकले ग११प २३५८ नम्बरको स्कूटर र ग७प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्कुटर एक जनाको मृत्यु भएको छ ।

स्कुटरमा सवार पोखरा–५ पस्र्याङ निवासी १८ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले जानकारी दिए । ठक्करपछि ट्रकको चक्कामूनि परेका गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा स्कुटर चालक पोखरा–२ अर्चलबोट निवासी निशान गुरुङ, मोटरमा सवार पोखरा भण्डारढीक निवासी २२ वर्षीय विकल सुनार र रुपा गाउँपालिक–७ का दीपक विक घाइते भएका छन् । उनीहरु तीनै जनाको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीले अनुसन्धानका लागि ट्रक र ट्रकका चालकलाई नियन्णमा लिएको छ । त्यसै गरी बुधबार नै पृथ्वीराजमार्ग अन्तरगत पोखरा–२७ तालचोकमा ग३च १४२२ नम्बरको मिनी भ्यानले बा९४प १७०५ नम्बरको मोटर साइकललाई ठक्करदिँदा बागलुङ जिल्ला घरभई काठमाण्डौ कीर्तिपुर बस्ने २८ वर्षीय थपन पाइजाको मृत्यु भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा परी गम्भीर घाइते पाइजाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भ्यान र भ्यान चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।