न्यूलाइफको स्वास्थ्य शिविरमा ६ सय भन्दा बढी लाभान्वित

पोखरा ।

पोखराको पृथ्वीचोकमा रहेको न्यु लाईफ आयुर्वेदको स्वास्थ्य शिविरबाट ६ सय भन्दा बढि सेवाग्राहि लाभान्वित भएका छन् ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालद्वारा हालै उद्घाटन गरि सेवा शुभारम्भ गरेको न्यू लाईफ आयुर्वेदले शुक्रवार र शनिवार स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

शिविरमा कास्की, तनहुँ, गोर्खा, लम्जुङ्ग, स्याङ्जा, पर्वत र म्याग्दी लगायतका विभिन्न जिल्लाका ६ सय भन्दा बढि सेवाग्राहि लाभान्वित भएको संचालक विक्रम खड्काले जानकारी दिए ।

पोखराको पृथ्वीचोकमा रहेको न्यूलाइफ आयुर्वेद प्रा.लि.ले ३ दिवसीय निःशुल्क स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण कार्यक्रमको आयोजना गरेको हो ।