पोखरा २० का वडा सदस्य बास्तोला स्कुटरको ठक्करबाट घाइते

पोखरा ।

पोखरा महानगर वडा नम्बर २० का वडा सदस्य भिम प्रसाद बास्तोला स्कुटरको ठक्करबाट घाइते भएका छन । पोखरा महानगरपालि वडा नम्बर २० को वातावरण तथा सरसफाई उपसमिती भलामले आयोजना गरेको सरसफाइ कार्यक्रममा सहभागीता जनाइरहदा बास्तोलालाई स्कुटरले ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट घाइते बास्तोलाको हाल पोखराको मणिपाल अस्पतालमा सघन कक्षमा उपचार भइरहेको पोखरा २० का अध्यक्ष सिम गुरुङले जानकारी दिए ।

गत बिहीबार गठन भएको वातावरण तथा सरसफाई उपसमितीको आयोजनामा वडा नम्बर २० को रिट्ठाघाट देखी डाडाकटेरी सम्मको सडक आसपासमा सरसफाइ गर्ने क्रममा बास्तोलालाई स्कुटरले ठक्कर दिएको थियो । घाइते बास्तोलाको उपचार संगै सरसफाइलाई निरन्तरता दिइएको थियो । सरसफाइको क्रममा रिट्ठाघाट देखी डाडा कटेरी सम्मको सडकको दाया र बांया फैलिएको झाडी फडानी गरिएको थियोभने सडक किनारमा फालिएका बोत्तल, कागज लगायतका फोहोरहरु संकलन गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । वडाअध्यक्ष गुरुङका अनुसार साविकको मौजा गाविसमा समेत वातावरण तथा सरसफाई उपसमिती गठन गरि मौजा आसपासका ग्रामीाण भेग संगै रहेका सडक र धार्मिक सम्पदाहरुको संरक्षण र सरसफाइ गरिने छ ।

सरसफाइ अभियानलाई आगामी हप्ता पनि निरन्तरता दिने वातावरण तथा सरसफाई उपसमिती भलामका अध्यक्ष इन्द्र प्रसाद पोख्रेलले जानकारी दिए । सरसफाइ कार्यक्रममा वडाका जनप्रतिनिधी, उपसमितीका पदाधिकारीहरु, टोल बिकास संस्थाहरु, वडा स्तरिय बाल संजाल समिती, नवोदय युवा क्लव, आमा समुहहरु, मदन भण्डारी फाण्डेसन पोखरा २० का प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।