जनप्रतिनिधि आफ्नै सेवा सुविधा बढाउन लाग्ने हैन ः सांसद पहारी

पोखरा ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले जनप्रतिनिधिको सेवा सुविधा बृद्धि गर्नु गलत भएको बताउनु भएको छ । आज पोखरामा ढिकुर पोखरी समाजको १२औं साधारण सभाको कार्यक्रममा बोल्दै पहारीले सो कुरा बताउनु भएको हो । उहाँले आफुले पाएको तलब विद्यालयमा खानेपानीको लागि वाटर प्युरिफायरमा सहयोग गरेको बताउदै ढिकुरपोखरी समाजको अक्षयकोषको लागि एक महिनाको तलब ४५ हजार सहयोग गर्ने घोषणा गर्नुभयो ।

जनताको सेवा सुविधा बृद्धिमा लाग्नुपर्ने बेला आफ्नै सेवा सुविधामा लागेको भन्दै जनप्रतिनिधि आलोचित भइरहदा पहारीको यस्तो भनाई बाहिर आएको हो । गण्डकी प्रदेश सरकारले संसदबाट सेवा सुविधा पारित गर्दा सत्तारुण दलले सर्वसहमत सहमति जनाएका थिए भने प्रतिपक्षदल काग्रेसबाट प्रतिनिधत्व गर्ने सांसदहरुले मौन सर्मथन जनाएका थिए ।

यसैविच सांसद पहारीले देशकै नेतृत्व गर्नुभएका देशकै ठुलो पार्टीका अध्यक्ष प्रचण्ड जन्मेको ठाउँ ढिकुरपोखरी र कास्कीका जनताले प्रचण्ड प्रति गर्वगर्ने भन्दै पहारीले कास्कीको ढिकुरपोखरी र फेवातालको लागि प्रचण्डलाई भेटेर विकास र संरक्षणको लागि पहल गर्ने बताउनु भयो ।