प्रिन्स इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट तेस्रो वर्षमा

पोखरा ।

प्रिन्स इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट प्रालि स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा इन्स्टिच्युटले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको प्रालिका प्रवन्ध निर्देशक सञ्जय कुमार भुजेलले जानकारी दिए । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति डोलराज पाण्डेले मानव जीवनमा रक्तदान निकै ठूलो पूण्यको काम भएको बताए ।

सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको प्रवन्ध निर्देशक भूजेलले जानकारी दिए । इन्स्टिच्युटले वार्षिकोत्सवको अवसरमा वर्षेनी विविध कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा बोल्दै ट्रेनिङ म्यानेजर आकाश गुरुङले संस्थाका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

इन्स्टिच्युटले होटल म्यानेजमेन्ट सम्बन्धी सम्पूर्ण तालिमहरु प्रदान गर्दै आइरहेको छ । दुई वर्षको अवधिमा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीको विश्वास आफूहरुले जित्न सफल भएको भुजेलले बताए । कार्यक्रममा बोल्दै प्रालिका संरक्षक धन बहादुर भुजेलले हस्पिटालिटी क्षेत्रमा विद्यार्थीहरुको आकर्षण बढेकाले विद्यार्थीको चाहना अनुसारको गुणस्तरीय शिक्षा आफूहरुले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।