मिस्टर एण्ड मिस कास्कीको अडिसन

पोखरा ।

बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ ‘नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ तेस्रो चरणको को पहिलो अडिसन पोखरा मा सम्पन्न भएको छ ।

ब्ल्यु रे प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी १५ जना छनोट भएका छन् । छनोट हुनेमा ३ युवा र १२ युवती रहेका छन् । अडिसनबाट छनोट भएकाहरुलाई विभिन्न चरणमा प्रतिष्पर्धा गराई विजेता छनोट गरिनेछ । टिआरा ईन्टरटेनमेन्टको एशोसियसनमा हुने प्रतियोगीताका टाईटल स्पोन्सरको रुपमा नेपाल आईस रहेको छ ।

त्यसैगरीे प्रतियोगीताको मेन स्पोन्सर द नेक्ष्ट एजुकेसन कन्सलटेन्सी रहेको छ । टिभी पार्टनर गोल्डेनआई टिभी रहेको छ भने फेटोग्राफि पार्टनर द भोग स्टुडीयो रहेको आयोजकले जनाएको छ । प्रतियोगीताको विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित सुजुकि स्कुटर सगै नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै ५ लाख मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गर्नेे आयोजकले जनाएको छ ।

तेसै गरि प्रतियोगिताको फस्ट रनरअपले क्राउन सहित नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार र सेकेण्ड रनरअपले क्राउन सहित नगद , होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गरिने कार्यक्रम संयोजक सिर्जना क्षेत्रीले जानाकारी दिनुभएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न व्यापारिक प्रतिष्ठानहरु मार्फत सहयोग रहेको ब्ल्यु रे प्रोडक्सनले जनाएको छ ।