“प्रदेश प्रदेशमा गाइजात्रा” ६ गते गण्डकीमा

पोखरा ।

पोखरामा भदौ ६ गते गाइजात्रा हुने भएको छ । ब्राण्ड बर्थको आयोजना र “लायन्स क्लब अफ पोखरा पिस सोसाइटीको“ संयोजनमा “प्रदेश प्रदेशमा गाइजात्रा” गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको हो । ब्राण्ड वर्थले सातै प्रदेशमा यो कार्यक्रमको आयोजना गरेको हो ।

पोखरामा लामो समय देखि हास्यव्यङ्ग्यमुलक कार्यक्रम नभएको भन्दै यसपालिको गाइजात्राले पोखरेली लगायत गण्डकी प्रदेशका दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने कार्यक्रम संयोजक शैलेन्द्र कर्माचार्यले जानकारी दिए । “हामीलाई आशा छ यस कार्यक्रमले देशको विकृति र विसंगीलाई छलङग पार्ने छ र दर्शकलाई मनोरञ्जन पनि प्रदान गर्नेछ ।” कर्माचार्यले भने ।

गाइजात्रा कार्यक्रममा चर्चित हाँस्यव्यङ्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी (मुलाको साग) रवी डंगोल, शिवशंकर रिजाल (जोगिन्दर पानवाला) यमन श्रेष्ठ, पूर्ण थापा, सुवोध गौतम सन्ध्या बुढा –काउली बुढी) सुमन कार्की रवि डंगोल र रुविना अधिकारीको प्रस्तुती रहने जनाइएको छ ।

पोखरा सभागृह हलमा हुने उक्त कार्यक्रमबाट भएको आम्दानी विभिन्न सामाजिक तथा सांस्कृतिक क्षेत्रमा खर्च गरिने प्रचारप्रसार संयोजक बोधराज रेग्मीले जानाकारी दिए । उक्त कार्यक्रम हेर्न दर्शकले रु पाँच सय र एक हजारको टिकट काट्नुपर्ने छ ।

गण्डकी प्रदेशमा आन्तरिक भ्रमण वर्ष चलिरहेकाले यस कार्यक्रमले आन्तरिक पर्यटक तथा नेपाल सरकारको घोषणा गरेको पर्यटन बर्ष २०२० लाई समेत प्रवद्र्धनमा समेत टेवा पुग्ने क्लबका पूर्व अध्यक्ष तथा सह–संयोजक रुद्र के सी ले बताए । उनले भने–“हाम्रो क्लबले यस कार्यक्रमको रिपोटिङ्ग अन्तराष्ट्रिय जगतमा समेत गर्दछ । यसले पर्यटन वर्षलाई पनि टेवा पु¥याउने विश्वास हामीले लिएका छौ ।”

गाइजात्रा कार्यक्रमलाई करीब एक हजार माथि दर्शकले गाइजात्रा अवलोकन गर्ने अनुमान गरिएको पीस सोसाइटिका अध्यक्ष कुशराज तिमिल्सिनाले बताए ।
तस्बिर उपलब्ध छ ।