एसियाली युथ च्याम्पियनशिप ह्याण्डवल प्रतियोगितामा सहभागि हुन नेपाली टोली भारत प्रस्थान

पोखरा ।

छिमेकी मुलुक भारतको जयपुरमा यही भदौं ४ गते देखि सुरु हुने आठौं एसियाली युथ च्याम्पियनशिप ह्याण्डवल प्रतियोगितामा सहभागि हुन नेपाली टोली भारत प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा सहभागि हुन १५ बर्ष देखि १८ बर्ष मुनिका खेलाडीहरु सहभागि युथ च्याम्पियनशिप प्रतियोगितामा नेपाली टोलीकी मोनिका थापाको कप्तानिमा आइतबार पोखराबाट भारत तर्फ प्रस्थान गरेको नेपाल ह्याण्डवल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए । नेपाली टोली महेन्द्र नगर भारतको नयाँ दील्ली हुदै जयपुर जाने भएको हो ।

१६ जना खेलाडी सहित २० जनाको टोली भारतको जयपुरमा भदौं ४ गते देखि संचालन हुने उक्त प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाउने भएको अध्यक्ष गुरुङले जनाए । उनका अनुसार नेपाली टोलीले पहिलो चरणमा ४ वटा देशसंग प्रतिष्प्रर्धा गर्ने भएको छ । नेपालले भदौं ४ गते चाइनासंग, भदौं ५ गते भारतसंग, भदौं ६ गते काजकिस्तान र भदौं ७ गते मंगोलीयासंग प्रतिष्प्रर्धा गर्ने भएको टिम म्यानेजर शान्ति थापाले बताइन्। नेपाली टोलीमा कम्तान सहित पोखरा क्षेत्रबाट १० जना अन्य उदयपुर, दाङबाट सहभागि भएका हुन्।

सहभागि खेलाडीहरुमा उपकप्तान दिप्ती गुरुङ, खेलाडहरुमा आकृति गुरुङ, योगिता गुरुङ, ज्योति गुरुङ, स्वेता गुरुङ, दिपिका गुरुङ, स्मृति गुरुङ, कोमली खड्का, सुनिता राई, अन्जना मल्ल, युकला रोक्का र आर्जु राउत रहेकाछन्। नेपाली टिमको करिब दुई साता जसो पोखरामा ह्याण्डवल एकेडेमीमा प्रशिक्षण भएको संघ कास्कीका कार्यवाहक अध्यक्ष चित्र थापाले बताए । नेपाली टिमको मुख्य प्रशिक्षकमा हिमाल दाहाल, प्रशिक्षकमा रन्जना राई र अपिसियलमा नरेन्द्र जोशी रहेकाछन्। लिगकम नकाउटका आधारमा खेल हुने भएको हो ।

उक्त टोलीलाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगर, प्रदेश सांसद एवं संघका केन्द्रिय उपाध्यक्ष मोहन रेग्मी, संघका अध्यक्ष तेज बहादुर गुरुङ, संघ कास्कीका पूर्व अध्यक्ष शेरबहादुर गुरुङ लगायतले खेलाडीहरुलाई अग्रिम विजेताको शुभकामना सहित सफल यात्राको कामना गर्दै खेलाडीहरुलाई फुल माला र अविर लगायर विदाई गरिएको छ ।

खेलको अन्तिम समयसम्म खेलको मैदान नछाड्न आग्रह गर्दै मन्त्री पुनले अनुशासित भयर खेल प्रर्दशन गर्न खेलाडीलाई सुझाव दिइन्। उनले भनिन्“हामीले खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गराउनु पर्नेमा घरमा घाँस काट्दै गरेकालाई खेलमा सहभागि गराउदा सोचे अनुसारको नतिजा हासिल हुन सकेको छैन्। ” प्रदेश सांसद मोहन रेग्मीले खेलको माध्यमबाट महिलाहरुलाई शसक्त्तिकरण गर्नूपर्ने बताए । संघका अध्यक्ष तेज बहादुर गुरुङले ह्याण्डवल खेलको इतिहासमै पहिलो पटक उक्त प्रतियोगितामा नेपाल सहभागि भएको बताए । १० देश बिच हुने उक्त खेलमा नेपालको काँस्य पदकको सम्भावना रहेको उनले जनाए ।