पोखरामा बुद्धको सुनको मुर्ति भनि ठगी गर्नेहरु सार्वजनिक

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखामा बुद्धको सुनको मुर्ति भनि ठगी गर्नेहरुलाई पक्राउ गरेको छ । आज पोखरामा जिल्ला प्रहरी कार्यालयले गरेको नियमित पत्रकार भेटघाट कार्याक्रमको आयोजना गरेर उनिहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा दोलखा जिल्ला भिमेश्वर नगरपालिका १ घर भई काठमाडौ बस्दै आएका नबराज पाण्डे भन्ने रामराज सिवाकोटी , गोखरा भिमसेन नगरपालिका वडानं १ घर भई हाल पोखरा ८ न्युरोड बस्ने रमेश श्रेष्ठ भन्ने देवकुमार श्रेष्ठ र रामेछाप जिल्ला भंगेरी गाउँपालिका वडान ५ घर भई काठमाडौ बस्दै आएका देवराज प्रधान भन्ने बसन्तबाबु श्रेष्ठलाई दुई बुद्धको सुनको मुर्ति एक ड्रिल मेसिन सहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिनु भयो ।

पोखरा ८का पाराश्वर विश्वकर्मालाई १३ लाखमा मुर्ति बेचेर फरार भएकालाई साउन १९ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्कीमा साउनमा मात्रै झण्डै ६ हजार चालक ट्राफिक कारवाहीमा

जिल्ला ट्राफिक कार्यालय कास्कीले साउन महिनामा मात्रै कास्कीबाट ५हजार ९ सय जना चालकलाई कारबाही गरेको बताएको छ । कारबाही गर्दा साउन महिनामा मात्रै ४४ लाख ७५ हजार राजश्व असुली भएको बताइएको छ । प्रहरी प्रमुख दानबहादुर कार्कीले आफुहरुको उद्देश्य राजश्व उठाउने नभएको पनि अझै पनि चालकलाई कारबाही गर्नुपर्ने अबस्था आउनु राम्रो नभएको बताउनु भयो । उहाँले कारवाही गर्दा लिने जरिवाना थोरै भएकोले पनि यस्तो समस्या देखिएको भन्दै जरिवाना रकम बृद्धि हुनुपर्नेमा जोड दिनु भयो ।

१० प्रहरी कारवाहीमा ,१५ जना पुरस्कृत

यसैविच जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नै माताहतको प्रहरी कर्मचारी लाई पनि कारवाही गरेको छ । १० जना प्रहरीलाई कारवाही गरेको प्रहरीले एक प्रहरीलाई जागिरबाटै निलम्बन गरेको छ । उत्कृष्ट कार्यगरेको भन्दै १५ जना प्रहरीलाई भने पुरस्कृत गरेको प्रहरी उपरिक्षक दानबहादुर कार्कीले जनाउनु भयो ।