चितवनमा आजबाट दुई दिने मेडिकल लिटेरेचर मेला हुँदै

चितवन, चैत १५  । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबिबिएस अध्ययनरत साहित्यप्रेमी विद्यार्थीको पहलमा चितवनमा दुई दिने मेडिकल लिटेरेचर मेला हुने भएको छ।

डबली द स्पेसको संयोजनमा आगामि आज शुक्रबार र भोली शनिवार सौरहाको थारु कल्चर हाउसमा मेला हुन लागेको हो। मेलाका लागि आवश्यक सबै तयारी पुरा भएको मेलाका संयोजक विशद दाहालले जानकारी दिए।

उनका अनुसार स्वास्थ्य क्षेत्र र साहित्यलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो। मेलामा चिकित्सा क्षेत्र मात्र नभएर समाजका महत्वपूर्ण पाटाहरु जस्तै साहित्य, समाज, राजनीति आदिलाई पनि समेट्ने प्रयास गरेको छ।

‘विश्व साहित्यमा चिकित्सकहरुको ठूलो योगदान भएजस्तै नेपाली साहित्यमा पनि चिकित्सा क्षेत्रको उपस्थिति सम्मानजनक रहेको बताउन पाउँदा हामीलाई गर्व लागेको छ,’ उनले भने, ‘ यहि गौरबलाई थप उचाइमा पुर्याउन हाम्रो प्रयत्न जारी रहनेछ। ‘

मेडिकल लिटेरेचर मेलाको यो दोस्रो संस्करण हो। यसअघि गत वर्ष काठमाडौंमा मेला भएको थियो।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबिबिएस अध्ययनरत साहित्यप्रेमी विद्यार्थीको पहलमा चितवनमा दुई दिने मेडिकल लिटेरेचर मेला हुने भएको छ।

डबली द स्पेसको संयोजनमा आगामि शुक्रबार र शनिवार सौरहाको थारु कल्चर हाउसमा मेला हुन लागेको हो। मेलाका लागि आवश्यक सबै तयारी पुरा भएको मेलाका संयोजक विशद दाहालले जानकारी दिए।

उनका अनुसार स्वास्थ्य क्षेत्र र साहित्यलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो। मेलामा चिकित्सा क्षेत्र मात्र नभएर समाजका महत्वपूर्ण पाटाहरु जस्तै साहित्य, समाज, राजनीति आदिलाई पनि समेट्ने प्रयास गरेको छ।

‘विश्व साहित्यमा चिकित्सकहरुको ठूलो योगदान भएजस्तै नेपाली साहित्यमा पनि चिकित्सा क्षेत्रको उपस्थिति सम्मानजनक रहेको बताउन पाउँदा हामीलाई गर्व लागेको छ,’ उनले भने, ‘ यहि गौरबलाई थप उचाइमा पुर्याउन हाम्रो प्रयत्न जारी रहनेछ। ‘

मेडिकल लिटेरेचर मेलाको यो दोस्रो संस्करण हो। यसअघि गत वर्ष काठमाडौंमा मेला भएको थियो।

यस्तो छ मेलाको तालिका