औषधि व्यवसायी संघको चुनावी सरगर्मी, महासचिवमा चालिसेको उम्मेदवारी

पोखरा ।

नेपाल औषधि व्यवसायी संघ कास्की जिल्लाको प्रथम अधिबेशनको तयारी अहिले जोडतोडका साथ चलिरहेको छ । संघको आगामी नेतृत्वको लागि उम्मेदवारका आकाँक्षीहरु अहिले मत माग्न मतदाताको घरदैलोमा पुग्ने गरेका छन् ।

यस्तै नेपाल औषधि व्यवसायी संघ कास्की जिल्लाको महासचिवको लागि लेक फार्मेसी पोखराका सञ्चालक गिताराज चालिसे (नवीन) ले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । आगामी साउन ३२ गते शनिवार पोखरमै हुने नेपाल औषधि व्यवसायी संघ कास्की जिल्लाको प्रथम अधिबेशनको लागि चालिसेले महासचिवको उम्मेद्वारी घोषणा गरेका हुन् ।

बिगत २१ बर्ष देखि कास्की जिल्लालाई कार्यक्षेत्र बनाइ (लेक फार्मेसी ) ब्यबसाय संचालन गर्दै आइरहेका चालिसे लेक फार्मेसी पोखराका प्रोपाइटर, सि.टी रेवान पोखराका संस्थापक महासचिव, कास्की जिल्ला टेनिस संघका सचिव, साहारा हस्पिटल पोखराका संस्थापक सदस्य र नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य हुन् । आम जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधी जस्तो संवेदनशिल पेशालाई अगांलेर स्वतन्त्र रुपमा व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यवसायीहरुको हकहितको संरक्षण एंव व्यवसायी प्रवद्र्धन तथा सम्वद्र्धनका लागि चालिसेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

व्यवसाय र व्यवसायीको मर्यादा तथा हकहित संरक्षणका लागि क्रियाशिल रहने, व्यवसाय प्रवद्र्धनका लागि समय समयमा तालिम गोष्ठी एंव विभिन्न कार्यक्रमको आवश्यकता पर्ने हुदाँ सो को लागि संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, कर्मचारी एंव सम्बन्धित पक्षहरुसँगको आपसी छलफल एंव विचार विमर्श गरि कार्ययोजना तर्जुमा तथा कार्यान्वयनको लागि पहल गर्ने, महासचिवको हैसियतले संघको सचिवालयलाई चुस्त, दुरुस्त र व्यवस्थित गर्दै प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नेे, व्यवसायीहरुले झेल्नु परेका पिरकर्मामा सुसुचित भई जिम्मेवार ढङ्गले समाधानका लागि अग्रसर हुने, औषधी जस्तो अत्यन्तै संवेदनशील पेशालाई मर्यादित, जिम्मेवारी बोध एंव कानुन सम्मत् व्यवसायका रुपमा अंगाल्नुभएका सम्बधित पक्षहरुसँग सहकार्य गरि अगाडी बढ्ने, नयाँ व्यवसाय दर्ता, सञ्चालन तथा नविकरण लगायतका कार्यहरुमा व्यवसायीको सुविधाको लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभागसँग समन्वयका लागि पहल गर्ने जस्ता प्रतिवद्धता चालिसेले जनाएका छन् ।

त्यसैले आगामी शनिबार हुन गईरहेको नेपाल औषधि व्यावसायी संघ कास्की जिल्लाको प्रथम अधिबेशन भब्यताका साथ सफल पार्न र उक्त अधिबेशनमा महासचिव पदमा उम्मेद्बारी दिएका चालिसेलाई आफ्नो अमुल्य मत दिएर विजयी गराउन उनले सम्पूर्ण औषधि व्यवसायीहरूलाई आग्रह गरेका छन् ।