रामबजार तायाःमचाः नाचमा सहयोग हस्तान्तरण सम्पन्न

पोखरा ।

नेवारी सास्कृति संरक्षण गर्ने उदेश्य राखि २०६५ सालमा रामबजार बासीकै तर्फबाट रामबजार तायाः मचाः नाच समितिको स्थापना गराई महिला महिलाको सहभागी गराई बाद्यबादक र नित्यकलाकार उत्पादन गराउदै कला सास्कृतिको सरक्षण गराउन लागिपरेको यस नाच समितलाई सहयोग आउने क्रम जारी रहेको एक कार्यक्रममा सम्मान र सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको ।

उक्त सहयोग हस्तान्तरण एवं स्वागत कार्यक्रममा रामबजार तायाः मचाः नाच समितिका पहिलो सहयोगी दाता तथा तिन दोभान समाज यूके तनहूँका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा श्री कृष्ण मन्दिरको घण्टी बजाई कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेवारी नाचमा समेत सबै रामबजार बासिहरूलाई समेटी बजारकै नामबाट नाच संचालन गरी सास्कृति संरक्षणमा लागि परेकोमा सबैलाई धन्यबाद दिनुहुदै कला संस्कृति संरक्षणगर्नु हामिसबैको कर्तब्य हो भनि बिदेशमा रहेर पनि आफुले कमाएको केहीअंश सहयोगको लागि छुट्याई सहयोगगरेको बताउनुहुदै यस्ता नेवारी सास्कृति बिदेशी भूमिमापनि लैजानुपर्ने र रामबजार तायाः माचः नाचलाई यूके लैजान लागी परेको बताउनु भयो ।

उक्त रकम हस्तान्तरण तथा सम्मान कार्यक्रममा समितिका बाद्यबादक कलाकारहरुले द्योल्याः गरि शुभारम्भ गरिएको कार्यक्रममा तिन दोभान समाज यूकेका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, अग्नि माया श्रेष्ठ र समितका कलाकारस सुजीत प्रधान भारतीय सैनिकमा भर्ती भएकोमा सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको कार्यक्रममा दुर्गा प्रसाद श्रेष्ठ लगायतका ब्यक्तिहरूले रामबजार तायास् मचास् नाच तथा प्रदेश नं ४ स्तरिय लाखेस् नाच महोत्सवमा सहयोग गर्नु भएको थियो भने तायास् मचास् नाच (२०७६ सम्पन्न गर्न तिनदोभान समाज यूके तनहूका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ र अग्नि माया श्रेष्ठले ४ थान मुकुट खरिद गर्न रू २० हजार, महेन्द्र कतिला, प्रताप परियार, गगन ताम्राकार, गौरी मान श्रेष्ठ,राधिका गोशली र जीवन श्रेष्ठ लगायतकाले ५ थान ड्रेस खरिद गर्न करिब ४० हजार, अमेरिका निवासी काशी जोशी र भगबति जोशी बाट ४ थान पेटी खरिद गर्न रू १० हजार, अमेरिका निवासी लक्ष्मण तझ्या र रञ्जना तझ्याबाट खिन खरिद गर्न रू १० हजार, रूद्र बहादुर कायस्थ र गणेश प्रधानले २ सेड झ्याली खरिद गर्न रू १० हजार सहयोग प्रदान गर्नु भएको उक्त कार्यक्रममा यूके निवासी अग्नि माया श्रेष्ठले रामबजार नेवाः मिसाः पुचः लाई रू १० हजार सहयोग हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा रामबजार तायाः मचाः नाच समितिका सस्थापक कोषाध्यक्ष महेन्द्र कतिला, नेवास् मिसास् पुचस् रामबजारका सचिव सर्मिला प्रधानाङ्ग, राम बजार ल्याम्हाः पुचः का अध्यक्ष सुरज तझ्या राम मन्दिर संचालक समिति का अध्यक्ष जीवन श्रेष्ठ लगायतका ब्यक्ति हरूले आ आफ्नो बिचार राख्नु हुदै सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

उक्त सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रममा रामबजार नेवाः मिसाः पुचः रामबजारका अध्यक्ष मैया रंजीतले स्वागत गरेको कार्यक्रममा रामबजार तायाः मचाः नाच समिति का अध्यक्ष सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभापति सम्मर बहादुरश्रेष्ठले सहयोगी सबैलाई धन्यबाद दिनुभएको कार्यक्रममा समितिका प्रथम उपाध्यक्ष नारायण श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो ।