नाटक एक चिहानको रिर्हसल

पोखरा ।

नाटक एक चिहान पोखरामा मञ्चन हँुदैछ । यहि साउन ३० गतेबाट मञ्चन हुने नाटकको यतिबेला रिर्हसल भइरहेको छ । नाटकलाई परिपक्क बनाउन कलाकारहरुको मेहनत गरिरहेका छन् ।

पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने नाटक भाद्र १४ गतेसम्म नियमित मञ्चन गरिनेछ । हृदय चन्द्र सिँह प्रधानले लेखेको नाटकलाई नाट्य रुपान्तरण परिवर्तनले गरेका छन् । पोखरा थिएटरको प्रस्तुतीको नाटकको निर्देशन समेत परिवर्तनलेनै गर्दैछन् ।

नाटकमा नयाँ तथा पुराना पोखरेली रंगकर्मीको अभिनय हेर्न पाइनेछ । पाठ्यक्रममा समावेश नाटक भएको कारण विद्यार्थीको रुचि यो नाटकमा बढी पर्ने पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तनको विश्वास रहेको छ ।

नियमित सो को अलावा बुकिङ सो मार्फत समेत नाटक मञ्चन गर्ने तयारीमा आफुहरु रहेको थिएटरका सञ्चालक दिल प्रसाद गुरुङले बताए । नाटक मञ्चनको तयारीलाई समेत तिव्र पारिएको सञ्चालक गुरुङले जनाए ।