पुरुञ्चौरको कृषि क्याम्पसमा लायन्स क्लबको संयुक्त वृक्षारोपण

पोखरा ।

लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ वि वान अन्तर्गत गण्डकी धौलागिरी क्षेत्रका लायन्स क्लबहरुले संयुक्त रुपमा वृक्षारोपण गरेका छन् ।

पोखरा महनागरपालिका वडा नं. १९ पुरुञ्चौरमा रहेको प्राकृतिक श्रोत व्यवस्थापन कलेज(कृषि क्याम्पस) मा विभिन्न जातका २ सय ५० वटा विरुवाहरु रोपिएको थियो।कार्यक्रममा गण्डकी र धौलागिरी क्षेत्रका एक सय भन्दा वढि क्लबको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एफडब्लुसी कोअर्डिनेटर पूर्व डिष्ट्रिक गर्भनर पिएमजेएफ धु्रव थापाले लायन्स क्लबले उदाहरणीय कार्य गरेको भन्दै प्रशंशा व्यक्त गरे । पोखरा महानगर पालिका वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले वृक्षारोपणसँगै यसको संरक्षणको खाँचो रहेको औल्याए ।

कार्यक्रममा सिनियर लायन लिडर धु्रव श्रेष्ठ, प्राकृतिक स्रोत व्यवस्थापन कलेजका क्याम्पस प्रमुख चन्द्रेश्वरप्रसा श्रीवास्तव,कृषि उच्च शिक्षा समन्वय तथा सहयोग समितिका अध्यक्ष इमानराज पौडेल, लायन्स क्लब अफ आदर्श सेञ्चुरीका अध्यक्ष झना खड्काले बोलेका थिए ।

वृहत वृक्षारोपण कार्यक्रमका संयोजक तीर्थलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर लिडर एकनारायण शर्माले स्वागत र पिआरओ मोतिराज तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।