कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र

पोखरा ।

कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ चयन भएका छन् । नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय सदस्य प्रविन उप्रेतीको उपस्थितिमा शुक्रवार भएको भेलाले गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्वत चयन गरेको हो ।

संघको उपाध्यक्ष राजु कायस्थ, सचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा थमनबहादुर थापा, सहसचिवमा राजु केसी, सहकोषाध्यक्षमा सोमबहादुर साही रहेका छन् । त्यसैगरी सदस्यहरु एनशोभा गुरुङ विनोद गुरुङ, रविन्द्र तझ्या, अर्जुन गुरुङ, जितबहादुर गुरुङ, शंकर विश्वकर्मा र माधव गुरुङ रहेका छन् । अध्यक्ष योगेन्द्र गुरुङले सुस्ताएको जिम्न्याष्टिकका गतिविधिलाई चलायमान बनाउने प्रतिवद्धता जनाए ।