साझा पार्टीको कास्की जिल्ला र महानगर सँयोजकसँगै चुनावका उम्मेदवार घोषणा गर्ने

पोखरा ।

साझा पार्टीले भदौको दोस्रो साता कास्की जिल्ला सँयोजक सहित महानगर सँयोजक घोषणा गर्ने तयारी गरेको छ । एक विशेष समारोहकाबीच जिल्ला र महानगर सँयोजक घोषणा हुने साझा पार्टी, गण्डकी प्रदेश शाखाले जनाएको छ ।

पार्टीले सोहीदिनकास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमाआफ्नोतर्फबाट उम्मेदवारी समेत घोषणा गर्नेछ । ‘यो निकै भव्यकार्यक्रमहुनेछ । एकै दिन पार्टीको कास्कीजिल्ला सँयोजक, पोखरा महानगर सँयोजक र उपनिर्वाचनका लागि उम्मेदवार घोषणा कार्यक्रमले पक्कै एउटा तरंग ल्याउनेछ ।’साझा पार्टीका गण्डकी प्रदेश सँयोजक महेश भण्डारीले भने–‘पछिल्लो समय संगठन विस्तारलाई पार्टीले बढि जोड दिएको छ । पार्टीमानयाँ साथीहरुको लहर पनिगज्जबको छ । पार्टीलाई सांगठनिक तरिकाले अगाडि बढाउन पनिआवश्यक छ ।’

साझा पार्टीका गण्डकी सँयोजककाअनुसार जिल्ला सँयोजक,महानगर सँयोजक र कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनकालागिउम्मेदवारको नाम सोहीदिनमात्रसार्वजनिकगरिनेछ ।

भदौको दोस्रो साताहुने कार्यक्रममा साझा पार्टीका केन्द्रीय स्तरका सम्पूर्ण नेताहरुको सहभागिता रहने भण्डारीले बताए । ‘यसभन्दा अगाडितेस्रो स्थानमाआएको साझा पार्टीले अबको उपनिर्वाचनमाकस्तो उम्मेदवारलाई उठाउँछ भन्ने कुरा सबैको चासोको विषयहो । त्यसैले हामीले उम्मेदवार घोषणालाई विशेष रुपमालिएका छौँ ।’पार्टीका गण्डकी सँयोजक भण्डारीले भने–‘साझा पार्टीको लागि यो ऐतिहासिक क्षणपनिहो । जिल्ला र महानगर सँयोजकसँगै उपनिर्वाचनको उम्मेदवार घोषणाले जनतामाझ धेरै चासो उब्जाएको छ । यी सबै जिज्ञासा कार्यक्रमकै दिन मेटिनेछन् ।’

साझा पार्टी गण्डकीले यो एक वर्षको बीचमातीनदर्जनभन्दा बढि कार्यक्रमहरुको आयोजनागरिसकेको छ । विभिन्नजिल्लामा संगठन विस्तार केन्द्रित भेला र छलफलसँगै सामाजिकअभियानसँग सम्बन्धितकार्यक्रमहरु यो वर्ष भएको पार्टीले जनाएको छ ।

यो बीचमा गण्डकी प्रदेशभित्र पर्ने जिल्लाहरुमध्ये नवलपुरमा यसअगाडि नै सँयोजक घोषणा कार्यक्रम भैसकेको छ । त्यस्तै नवलपुरकै देवचुलीनगरपालिकामापनि सँयोजक घोषणा कार्यक्रम भैसकेको पार्टीको गण्डकी प्रदेश शाखाले जनाएको छ ।

भदौको दोस्रो साताकास्कीजिल्ला सँयोजक घोषणा कार्यक्रममा जुटेको गण्डकी प्रदेश शाखाले लगत्तै अन्यजिल्लाहरुमापनि सँयोजक घोषणा गर्दै जाने जनाएको छ ।