वडा नं ९ को डेँगु रोग सम्बन्धि सचेतनामुलक ¥याली

पोखरा ।

पोखरा महानगरपालिका वडा नं ९ तथा शहरी स्वास्थ्य केन्द्र–९ को आयोजनामा बुधबार महेन्द्रपुल देखि पृथ्विचोक सम्म डेँगु रोग सम्बन्धि जनचेतनामुलक ¥याली निकालिएको थियो ।

पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले डेँगु रोग लामखुट्टेको टोकाईबाट लाग्ने हुँदा धेरै व्यक्ति यस रोगबाट प्रभावित हुन सक्ने प्रवल सम्भावना रहेकोे जानकारी दिनुभयो । उहाँले वडाबासीको स्वास्थलाई मध्यनजर गर्दै जनचेतनाको लागि कार्याक्रमको आयोजना गरिएको बताउनुभयो ।

प्रत्येक टोल टोलमा यस कार्यक्रमलाई निरन्तरता दिई डेँगु रोग बाट बँच्न र बचाउन सबैजनाले आ–आप्mनो स्थानबाट सहयोग गर्न लामिछानेले अनुरोध गर्नुभयो । स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले यस वर्ष वडा नं.८ र ९ मा ५ जना व्यक्तिलाई डेँगु रोग देखा परेको बताउनुभयोे ।

उहाँले डेँगु एक सरुवा रोग भएकाले यस रोग लागेमा ज्वरो आउने, जीउ दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने तथा छालामा रातो दाग को धब्बाहरु देखिने जस्ता लक्षण देखा पर्ने भन्दै यसबाट बँच्नको लागि पानी जम्ने स्थान, खुल्ला पानी टेयाङ्की, टायर, गमला जस्ता ठाँउमा पानी जम्न नदिने तथा शरिर सबै ढाकिने लुगा लगाउन सबैलाई आग्रह गर्नुभयो ।

गत वर्ष करिब ६०० जना यस रोग बाट प्रभावित भएको र यस वर्ष पनि यो रोगले विकराल रुप लिन सक्ने हँुदा समयमा नै सचेत हुन वडा सदस्य नन्दराम गिरीको भनाई थियो ।

उक्त ¥यालीमा जनप्रतिनिधि राममाया मानन्धर, गिता चर्मकार, शहरी स्वास्थ्य केन्द्रका सदस्यहरु, स्वास्थ्य स्वयमसेविका, टोल विकास संस्थाका प्रतिनिधि, महिला समुह र विधार्थीहरुको उपस्थिति रहेको थियो ।