वर्किड्ड टुगेदर र लालिगुरासद्धारा सचेतना कार्यक्रम

पोखरा ।

लायन्स क्लब अफ पोखरा वर्किड्ड टुगेदर र लायन्स क्लब अफ पोखरा लालिगुरासको अयोजनामा लागु औषध तथा साइबर क्राईम विरुद्धको जनचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

निम्स पोखराको व्यवस्थापनमा भएको उक्त सचेतना कार्यक्रममा निम्समा आवद्ध ५० जना विद्यार्थीहको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी नायव निरीक्षक होतबहादुर रोका, परामर्शदाता तथा पत्रकार अमृतकुमार भट्टराई, प्रहरी जवान कृष्ण रेग्मीले सहजिकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय साइबर क्राईम, ड्रग्स, लैड्डिक हिंसाले समाजलाई आक्रान्त पारेको बताएका छन् । उनले सवैलाई थाहा हुदा हुदै पनि विभिन्न घटना संम्लग्न हुने गरेको बताउँदै समाजमा घट्ने घटनालाई न्यूनिकरण गर्न हामी आफै बाट शुरुवात गर्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक ३२५ वि वानका पिआरओ मोतिराज तिमिल्सिना, जोन चियर पर्सन ठाकुरप्रसाद अधिकारी, लायन्स क्लब अफ मुनालका निर्वतमान अध्यक्ष जितेन्द्रमान शाक्य, लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष मिनराज तिमिल्सिनाले बोलेका थिए ।

लायन्स क्लब अफ पोखरा वर्किड्ड टुगेदरका अध्यक्ष शंकर आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण भण्डारीले स्वागत र तृतीय उपाध्यक्ष अर्जुन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।