गृहणीलाई सचेतना

पोखरा ।

क्षेत्री समाज पोखरा–१६ ले विषादीयुक्त खानेकुराको प्रभाव र यसको निराकरण विषयक सचेतना कार्यक्रम गरेको छ ।

पछिल्लो समय मिसावटयुक्त खानाका कारण मानव स्वास्थ्य प्रतिकुल बन्दै गईरहेको अवस्थामा ग्रिन नेपाल र सत्यनाम अस्पताल ललितपुरको सहयोगमा वाटुलेचौरका गृहणीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष केशववहादुर वस्नेतले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै समाजका केन्द्रिय सल्लाकार उदयवहादुर वस्नेतले युगको परिवर्तनसगँसगै जनस्वास्थ्यका विषयमा सवै पक्ष गम्भीर वन्नुपर्नेमा जोड दिनुभयो । क्षेत्री समाज गण्डकी प्रदेशका अध्यक्ष एवं कृषिविज्ञ वेनी वहादुर वस्नेतले विषादीयुक्त खानेकुराले मानव स्वास्थ्य मात्र नभई प्रकृतिलाई नै प्रभाव पार्ने भएका कारण यसको निराकरण आवश्यक रहेको वताउनुभयो ।

समाजका अध्यक्ष केशववहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा ग्रिन नेपालका अध्यक्ष रामकुमार राई र सदस्य रमेश खनालले सहभागीलाई विषादीयुक्त खानाको पहिचान र निराकरणका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रम समाजका प्रवक्ता पार्वती वस्नेतले संचालन गर्नुभएको थियो ।