जनै पूर्णीमा मेला हुने

पोखरा ।

श्री डाँफे युवा क्लब अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुक कास्की मेलाचेँले यस वर्ष पनि जनै पूर्णीमा मेला २०७६ सञ्चालन गर्ने भएको छ ।

जनै पूर्णीमाको अवसर पारेर उक्त क्लबको चौथो वार्षिक उत्सवको पावन अवसरमा भाषा, भेषभुषा, संस्कार, संस्कृति सर्वद्धन संरक्षणको लागी आगामी साउन २५ गते देखि ३० गतेसम्म अन्नपूर्ण गाउँपालिका ११ घान्दु्रक मेलाचेँ कास्कीमा मेलाको आयोजना गर्न लागेको हो ।

उक्त मेला तथा कार्यक्रममा विविध खेलकुद प्रतियोगीता तथा पुरानो साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगीता साथै म्युजिकल चियर, घैँटो फुटाउने, छेलो हान्ने जस्ता प्रतियोगीताहरु आयोजना गरिएको उक्त कार्यक्रमका संयोजक गोकुल पौडेलले जानकारी दिनुभयो ।

उक्त प्रतियोगीतामा त्यस क्लब वा वडाबाट प्रतियोगीहरु सहभागी गराई भव्य र सव्य रुपमा प्रतियोगीता सफल पारिदिनुहुन सचिव राहुल क्षेत्री, अध्यक्ष हितमान गुरुङ तथा कार्यक्रम संयोजक गोकुल पौडेलले अनुरोध गर्नुभएको छ । उक्त कार्यक्रमहरु २०७६र०४ र२५ गते देखि ३० गतृसम्म सञ्चालन हुनेछ भने उक्त खेल उद्घाटन २०७६र०४र२६ गते दिनको ठिक १२ बजे हुने छ ।