जलजलामा असल छिमेकी द्वारा बनेका २२ घर स्थानियलाई हस्तान्त्रण

पोखरा ।

पर्बतको जलजला गाउँपालिकामा असल छिमेकी द्वारा बनेका २२ घर स्थानियलाई हस्तान्त्रण गरिएको छ।

घर हस्तान्त्रणका क्रममा बोल्दै प्रमुख अथिती गण्डकी प्रदेश भौतिक पुर्बधार तथा योजना मन्त्री रामशरण बस्नेतले घर निर्माण गर्ने संस्था असल छिमेकी नेपाल लाई धन्यबाद दिँदै बाँकी रहेको काम छिट्टै सक्न आग्रह गर्नु भएको थियो।

त्यस्तै उहाँले बेनि माँझफाट निर्माणधिन बाटो सम्पन्न गर्नको निम्ति आबस्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। त्यस्तै जलजलाको बिकासको लागि प्रदेश सरकार सँग साझेदारी गरि अगाडि बढ्न र गरेका कामहरुलाई पार्दर्शी गर्न समेत निर्देशन दिनु भएको छ।

गत बर्ष साउन १ गते रातीको बर्षाका कारण जलजला ४, ७ र ८ का २२ घरहरुपहिरोले बगाएको थियो। उक्त पहिरोमा परि १ जनाको मृत्यु र ५ जना घाईते भएका थिए। पहिरोको कारण स्थानिय बासीलाई परेको बिपतमा मलम लगाउने उदेश्यले असल छिमेकी नेपाल कास्किले घरहरु निर्माण गरेको हो।