हेड्स नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा

‘दीलो ज्यानले मानव समुदायको सेवा गरौ’ भन्ने मूल नाराका साथ स्थापित हेड्स नेपाल (ज्भ्ब्म्क्(ल्भउब)ि ले मंगलवार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । हेड्स नेपाल गंडकी प्रदेशको आयोजनामा ‘नेपालको क्षेत्रगत बिकासमा सामाजिक संस्थाको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यपत्र प्रस्तुत गर्दै नेपाल राष्ट्र बैकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्रीले स्थानीय तहमा चेतनाको बिकास गरी स्थानीय स्रोत र साधनको अत्याधिक परिचालन गर्न सामाजिक संघ संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै सामाजिक हितको लागि मुनाफÞा नलिने उद्देश्यले स्थापित स्वयंसेवी संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण जस्ता जनताको पहुँचसम्म कार्यक्रम पुर्रयाउन र जनसहभागिता जुटाउन मेरुदण्डको रूपमा काम गरेको कुरामा जोड़ दिनुभएको थियो ।

त्यस्तै अनुभवी कृषि बिज्ञ विश्वनाथ पराजुलीले कृषि बिकासको सम्भावनाका बारेमा आफÞनो प्रस्तुति राख्दई ‘म तरकारी बेगर खाना खान्न, किनेर पनि खान्न’ भन्ने अभियानलाई सहयोग गर्न आग्रह समेत गरेका थिए ।

हेड्स नेपालका संस्थापक प्रतावराज वन्तले अभाव, आकस्मिकता र आवश्यकतामा स्वास्थ्य शिक्षा, कृषि र सामाजिक विकास क्षेत्रमा मानवीय सहयोगको असल साथी बन्ने सँस्थाको उद्देश्य रहेको जानकारी गराउनु भएको थियो । उहाँले विश्वभरी जहाँ जहाँ बिभिन्न पेशा ब्यवसायमा संलग्न हुनुहुंछ, त्यहाबाट सेवाको लागि आफुले कमाएको सय रूपैया मध्ये ५ रूपैया मात्र सहयोग गर्दा पनि सामाजिक कार्यमा ठुलो योगदान हुने बताउनु भयो ।

पोखरा महानगरपालिकाका प्रवक्ता एवं वड़ा नं ५ का वड़ाध्यक्ष धनबहादुर नेपालीले मानवीय सेवाका हेतुले स्थापित हेड्स नेपालले समाज रूपान्तरणका लागि गरेका कार्य प्रशंशायोग्य रहेकोमा खÞुशी ब्यक्त गर्दै सहकार्य गÞरी अघि बढ़न तयार रहेको बताउनु भयों ।

हेड्स नेपाल गंडकी प्रदेशका अध्यक्ष हरीराम पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष दुर्गा मानन्धर वन्त, केन्द्रीय सदस्य एवं प्रदेशका उपाध्यक्ष टंकराज अधिकारी, महासचिव राजेन्द्र ढकाल लगाएतले संस्थाले गरेका गतिबिधी बारे आआफÞनो भनाई राख्नु भएको थियो ।

कार्यक्रममा प्रदेश भित्रका बिभिन्न पेशा र ब्यवसायमा आवद्व ७५ जनाको अन्तरक्रिया कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित लेखनाथ उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले समाज रूपान्तरणमा हेड्स नेपालले पुर्रयाएको योगदानबाट आफु प्रभावित भएको बताउदई संस्थाको उत्तोरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

नेपालका ६५ भन्दा अधिक जिल्लाहरु र अमेरिका, जापान तथा अष्टेलिया लगायतका देशहरुमा सँगठन निर्माण गरेको हेड्स नेपालले कृषि उत्पादनमा जोड दिँदै गोरखाको बगुवामा श्रोत केन्द्र स्थापना गरी विरुवा उत्पादन, फलफूल उत्पादन र मत्स्यपालन जस्ता गतिवधि सञ्चालन गरिआएको छ । रक्तदान शिविर आयोजना, स्वास्थ्य उपचार क्याम्प सेवा, शैक्षिक छात्रबृति यसका लोकप्रिय गतिविधिहरु रही आएका छन् ।