लायन्स क्लब अफ पोखरा पिस सिभिक पाँचौ वर्षमा

पोखरा ।

लायन्स क्लब अफ पोखरा पिस सिभिकले स्थापनाको चौथो वर्ष पुरा गरी पाँचौं वर्षको अवसरमा सोमबार स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका दितिय उपाध्यक्ष विश्वेश्वर आचार्यले उद्घाटन गर्दै लायन्स क्लबमा आवद्ध भई समाजसेवामा लाग्ने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिदैं समाजसेवा भन्दा ठुलो कुनै कार्य नभएको वताउनु भयो ।

त्यसै गरी पुर्व मल्टीपल काउन्सिल चियर पर्सन दिपक श्रेष्ठले आफ्नो पेशा व्यवसायलाई पहिलो प्राथमिकतामा राखेर आफुले कमाएको केहि अंश लायनवाद मार्फत समाजसेवामा लगाउनु पर्ने वताउदै लायन्स क्लबमा कसैले कसैलाई करकाप गर्न नहुने वताउनु भयो ।

डिष्ट्रीक्ट को–चिफ एड्भाईजर सुचित्रा थापा, क्लरष्टर २३ का प्रमुख पृथ्वीराज तिमिल्सिना, जोन ९९ का चियर पर्सन ज्ञानेन्द्रराज कोईराला, क्लबका पुर्व अध्यक्ष एवम् वृक्षारोपण कार्यक्रम को–चिफ बुद्धिनाथ वराल, निवर्तमान अध्यक्ष थानेश्वर तिवारी, लायन्स क्लब अफ पोखरा अपि स्मार्टका अध्यक्ष नेत्रराज न्यौपानेलगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

क्लबका अध्यक्ष युवराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थापक अध्यक्ष एव् रिजन ४७ का चियर पर्सन पवित्रराज तिवारीले, कार्यक्रम संयोजक एवम् प्रथम उपाध्यक्ष किरण ढकालले धन्यवाद ज्ञापन र संचालन सचिव रेशम खड्काले गर्नु भएको थियो ।