स्वतन्त्रका राष्ट्रिय पदाधिकारी पोखरामा

पोखरा ।

स्वतन्त्र पत्रकार संघ नेपालका नवनिर्वाचित राष्ट्रिय पदाधिकारीहरुलाई पोखरामा सोमबार स्वागत गरिएको छ ।

संघको कास्की शाखाले उनीहरुको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा संघका राष्ट्रिय समितिका अध्यक्ष केवी मसाल, वरिष्ठ उपाध्यक्ष केवी सम्राट, महासचिव देविलाल सुवेदी, कोषाध्यक्ष शालिग्राम पाण्डे, प्रदेश ५का पार्षद् वसन्त भट्ट सहितलाई पूmलमालाले स्वागत गरिएको थियो ।

अग्रज सम्मानित ः सोही समारोहमा स्वतन्त्र पत्रकार संघमा रहेर विशिष्ट योगदान पु¥याएका ६ जना अग्रज पत्रकारहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने पत्रकारहरुमा भूपनिधि पन्त, तिलकमान गुभाजू, उदयबहादुर अमात्य, नारायण कार्की, विश्वरत्न शाक्य र यज्ञप्रसाद वास्तोला रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली, स्वतन्त्र पत्रकार संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद वास्तोला, निवर्तमान महासचिव नवराज पहाडी र कास्की शाखाका अध्यक्ष असफल गौतमले सम्मानपत्र, फूलमाला र टिका प्रदान गरेर अग्रज पत्रकारहरुलाई सम्मान गरेका थिए ।

क्याप्सन ः पोखरामा सोमवार स्वतन्त्र पत्रकार संघ नेपालका नवर्निवाचित राष्ट्रिय पदाधिकारीको स्वागत गरियो । सोही समारोहमा अग्रज पत्रकारहरुलाई सम्मान गरिएको थियो ।