छाउपडी कुप्रथा विरुद्धको जनचेतनामुलक वृत्तचित्र ‘चेतना’को विमोचन

तारा पौडेल/कैलाली । कैलालीको घोडाघोडी नगरपालिका सुख्खड स्थित घोडाघोडी बहुमुखी क्याम्पसमा छाउपडी कुप्रथा विरुद्धको जनचेतनामुलक वृत्तचित्रको आईतबार विमोचन गरिएको छ । ‘चेतना’ नामक उक्त वृत्तचित्रमा सुदुरपश्चिम र मध्यपश्चिमका विकट जिल्लाहरुमा अहिलेसम्म कुप्रथाको रुपमा रहेको छाउपडी प्रथालाई प्रस्तुत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी पुर्व खेलकुद राज्यमन्त्री मोहनसिंह राठौरले असाय दिन दुःखीको सेवामा सधैं लागिरहने बताए । उनले राजनीति सेवा भएका कारण आफु पदमा रहे पनि नरहेपनि यस संस्थाका हरेक क्रियाकलापमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरे । राठौरले विकृति, विसङगती विरुद्ध लाग्न सम्पुर्ण युवाहरुलाई आव्हान समेत गरे ।

लालीगुराँस सेवा समाज बहराईनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले ‘चेतना’ नामक वृत्तचित्र प्रदर्शनीले कुप्रथाको रुपमा रहेको छाउपडी प्रथालाई केहि हदसम्म भए पनि न्युनीकरण गर्न सकिने विश्वास व्यक्त गरे । उनले वृत्तचित्र छाउपडी प्रथा, अन्धविश्वास र सामाजिक समस्या लगायतका विषयवस्तु समेटेर तयार पारिएको जानकारी दिए ।

‘चेतना’ वृत्तचित्र असहायका लागि सहयोगि हातहरु नेपाल र लालीगुराँस सेवा समाज बहराईनको सयुंक्त पहलमा निर्माण गरिएको हो । वृत्तचित्र वृत्तचित्रलाई कलाकार तथा निर्देशक नवराज रिमालले निर्देशन गरेका छन् । कार्यक्रममा छाउपडी कुप्रथा सम्बन्धी भिडियो पनि प्रस्तुत गरिएको थियो । यस वृत्तचित्रलाई प्रदर्शनमा ल्याउनको लागि अन्तर्राष्ट्रिय कलाकार मञ्च बहाराईनले सहयोग गरेको छ ।


स्मरण रहोस :छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको सूचिमा राख्दै ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ संसदले पारित गरेको छ । नेपालको कानुनले अहिलेसम्म छाउपडी प्रथालाई अपराधको रुपमा नमाने पनि अब भने अन्य अपराध जस्तै छाउपडी पनि विशेष किसिमको अवराध हुने भएको छ ।

सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका बेला महिलाले घरभित्र बस्न नपाउने र गाई, भैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने छाउपडी जस्तो कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको हो । यो व्यवस्था २०७५ सालको भदौ १ गतेदेखि लागु हुनेछ ।


कार्यक्रममा घोडाघोडी नगर उपप्रमुख प्रेमकुमारी थापा, घोडाघोडी बहुमुखी क्याम्पसका सहायक प्रमुख भवानीप्रसाद तिवारी, पल्स टु इन्चार्ज चेतराज विनाडी, निर्वतमान क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भटराई, घोडाघोडी बहुमुखी क्याम्पस स्ववियु सभापति जीवन विसी, लालीगुराँस सेवा समाज बहराईनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, नेपाली देशभक्त युवा समाज काठमाण्डौंका अध्यक्ष नारायण ढुङगाना, घोडाघोडी बहुमुखी क्याम्पस अनुसन्धान प्रमुख पुष्पराज जोशी, निर्देशक तथा कलाकार नवराज रिमाल साथै विद्यार्थीहरुको उपस्थिती थियो ।

वृत्तचित्रको विमोचनसँगै डोटी, डडेल्धुरा र अछाममा प्रदर्शनका लागि ७ जनाको समुह आइतवारैै त्यसतर्फ प्रस्थान गरेका छन् । कार्यक्रममा यस संस्थालाई सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष हरिकमल ढुङगानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विकास थापाले गरेका थिए । कार्यक्रम असहायका लागी सहयोगी हातहरु नेपालका अध्यक्ष बलबहादुर विष्टको अध्यक्षतामा भएको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment