बिन्दुले ल्याइन् ‘मेरो दिल’

नेपाली गीतसंगीत क्षेत्रको व्यस्त गायिका हुन, बिन्दु परियार । उनी पछिल्लो समय गीतकार र संगीतकारको रोजाईमा पर्छिन् ।

उनको आवाज रहेको गीत ‘पर्ख पर्ख मायालु, ‘पहिलो नम्बरमा’, ‘घरबार’ लगायतका दर्जनौं गीत चर्चित छन् ।

हाल उनको नयाँ लिरिकल गीतको भिडियो सार्वजनिक भएको छ । उनले आफ्नै अफिसियल युट्युब मार्फत ‘मेरो दिल’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

शम्भु कुमालद्वारा शब्द रचित गीतमा बिन्दुले आवाज दिएकी छन् ।

https://www.youtube.com/watch?v=g4AOXhrb9Bk

बिन्दुले नै निर्माण गरेको गीतलाई सुदिप सागरले मीठो संगीत भरेका छन् । गीत सार्वजनिक भएसँगै दर्शक श्रोतालाई रुचाउन थालेका छन् ।