साम्राज्ञीले आफ्ना आलोचकलाई ‘कुकुर’को संज्ञा दिइन्

प्रेमीसँग मस्ती गर्दै गरेको फोटोलाई लिएर आलोचना भएपछि नायिका साम्राज्ञी शाहले आक्रोश पोखेकी छन् । इन्स्टाग्रामको स्टोरीमा उनले एउटा स्टाटस पोष्ट गरेकी छन्,‘हाथी तले बजार, कुत्ते भोके हजार ।’

उनको आफूलाई हात्ती र आलोचना गर्नेलाई कुकुरको संज्ञा दिएकी छन् । जम्मा दुई लाइनको यो हिन्दी वाक्यमार्फत उनले आफ्ना आलोचकलाई प्रहार गरेको हुन सक्ने अनुमान धेरैले गरेका छन् ।

उनी बेला–बेला कुनै कुनै फण्डामार्फत चर्चामा आउँछिन् । यसअघि मयंक खड्कासँगको प्रेम सम्बन्धका कारण चर्चामा मयंकसँगको प्रेम सम्बन्ध त्यति लामो समय टिकेन । मयंकसँग ब्रेक अप भएपछि उनी देवाङ्स राणासँग प्रेम सम्बन्धमा छिन् ।

चलचित्र ‘रातो टिका निधारमा’ को छायांकनपछि उनी आराम गर्न भन्दै इन्डोनेसियाको बाली पुगेकी छन् । समुन्द्रको तटमा देवाङ्ससँग विकिनीमा खिचेका फोटो सार्वजनिक गरेकी छन् । उनलाई सार्वजनिक गरेको फोटोलाई लिएर धेरैले उनलाई ‘कामुक‘ र ‘उत्ताउली’ भनेका छन् ।

फोटोलाई लिएर व्यापक आलोचना भएपछि उनले फोटो हटाइसकेकी छन् ।

पछिल्लो पुस्ताका अधिकांश नेपाली कलाकार बलिउड र हलिउठबाट बढी प्रभावित देखिन्छन् । त्यसैले कतिपय कुरा अनुकरण गर्न खोज्छन् । तर, नेपाली सामाजिक धरातल र मान्यता बिर्सिएर कुनै पनि कुरा अनुकरण गर्दा आलोचना हुने पूराना कलाकारहरु बताउँछन् ।