रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार सुब्बालाई

पोखरा ।

पोखरा फोटोग्राफर संघ पोखरा नेपालद्धारा संचालित, रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार पोखराका अग्रज फोटोग्राफर मदन कुमार इङ्गनाम (सुब्बा) लाई बिश्व फोटोग्राफी प्रदान गर्ने भएको छ ।

पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल बि.सं २०३९ सालमा स्थापना भएर बिभिन्न सामाजीक कार्यक्रमहरुमा सक्रिय रहनुको साथै आफ्ना सदस्यहरुलाई बिज्ञान तथा प्रविधिको बिकाश संगै क्षमता अभिबृद्धि गर्न कार्यक्रमहरु गर्दै आएको छ । बिभिन्न प्रतियोगिता तथा सम्मानहरुले मात्र फोटोग्राफीलाई अगाडी बढाउन सकिन्छ भन्ने उदेश्यले बिभिन्न अवार्ड तथा पुरस्कार स्थापना गरि संचालन गर्दै आईरहेको छ । यस रामलाल श्रीमाया फोटोग्राफी पुरस्कारको पुरस्कार राशि रु २५ हजाार ५ सय २५ रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।

नेपाल भित्र रहि फोटोग्राफी ब्यवसाय गरि फोटोको माध्यमबाट समाजमा उल्लेखनीय योगदान दिने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय ख्यातिप्रप्त अग्रज फोटोग्राफरलाई हरेक २÷२ बर्षको बिश्व फोटोग्राफी दिवसको अवसर पारेर प्रदान गरिने यस पुरस्कारको प्रतिभा छनौटको विनियमको आधारमा समितिमा पुर्व अध्यक्ष रामजी थापाको संयोजकत्वमा पदेन सदस्य संघका अध्यक्ष रविनाथ दाहाल, पदेन सदस्य सचिव कपिल सापकोटा, पत्रकारहरु मध्यबाट कमल पौडेल अथक, फोटोग्राफीमा बिशेष क्षमता भएको ब्यतिmको तर्फबाट जिवन ढुंगाना, संघमा आवद्ध सदस्यहरु मध्यबाट सुके घले , अक्षयकोष दाताको तर्फबाट उत्सव मुल्मी रहनु भएको थियो । उक्त समितिले गण्डकी प्रदेश भरिका फोटोग्राफर संघहरुबाट आएका सिफारीसहरुको आधारमा एक ब्यक्तित्व छनौट गरेको थियो भने, संघको मिति २०७६ असार २८ गतेको कार्यसमितिको पुर्ण बैठकबाट अनुमोदन गरि अग्रज फोटोग्राफर मदन कुमार इङ्गनाम (सुब्बा) लाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

मदन कुमार इङ्गनाम(सब्बा)को जन्म बि.सं. २०१३ साल कार्तिक १३ गते, कोशि अञ्चल, तेह्रथुम जिल्ला, ईवा गा.वि.स.–५, मा भएको थियो । पिता कालिप्रसाद इङ्गनाम र माता चन्द्र कुमारी इङ्गनाम को जेष्ठ सुपुत्र मदन कुमार इङ्गनामबि.सं. २०३१ सालदेखी फोटोग्राफीमा लाग्नु भएको थियो भने २०३७ सालबाट बिधिवत रुपमा क्यापिटल फोटोको नाम बाट ब्यवसाय दर्ता गरि फोटोग्राफी गर्दै आईरहनु भएको छ । पोखरा फोटोग्राफर संघको संस्थापक सदस्य र पुर्व अध्यक्ष समेत रहनु भएको इङ्गनाम २०४० सालमा श्री ५ बिरेन्द्र बिरबिक्रम शाहको ३९ औ शुभ जन्मोत्सव हुदा नेपाल युवक संगठनले आयोजना गरेको दृष्य फोटो प्रदर्शन मा तृतिय स्थान प्राप्त गर्न सफल भएका थिए। साथै उनि पोखरा फोटोग्राफर संघको रजत महोत्सव समारोहमा सम्मानित भएका थिए। यस अघि सो पुरस्कार बाट पोखराका अग्रज फोटोग्राफर बिश्व शाक्य, नारायण बाटाजु र महिला फोटोग्राफर रमा राना सम्मानित भईसक्नु भएको छ ।