पोखरा टुँडिखेलमा तीजमेला हुने

पोखरा ।

पोखराको बगर टुँडिखेलमा नेपाल दिदी–बहिनीहरूको महान चाड हरितालिका तीजको अवसरमा टुँडिखेला तीज मेला–२०७६ हुने भएको छ ।

लामोसमय देखि पोखरामा विशेषगरी संस्कृति संरक्षणको क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको संस्था पुष्पाञ्जली फेसन एण्ड इभेन्ट र विगतदेखि नै सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको संस्था इन्द्रेणी एकिकृत विकास केन्द्रको संयुक्त आयोजनामा उक्त मेला हुने भएको हो । सोमबार एक कार्यक्रमका बीच इन्द्रेणी एकिकृत विकास केन्द्रको सचिवालयमा उक्त मेला गर्ने सहमती भएको छ । जसको आयोजकमा पुष्पाञ्जली फेसन एण्ड इभेन्ट रहने छ भने सह आयोजकमा इन्द्रेणी एकिकृत विकास केन्द्र रहनेछ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतमले कला र संस्कृति संरक्षणको क्षत्रमा आफु सदैव प्रतिवद्ध रहेको र यस मेलाबाट अझ आफु थप उत्साहित रहेको बताइन् भने इन्द्रेणीका अध्यक्ष भानुभक्त अधिकारीले आफुहरूले सदैव सामाजि कार्यहरू गर्दै आइरहेको र यस मेलाको उद्देश्यपनि समाजप्रतिनै सर्मप्रित भएकोले आफुहरूले सहकार्य गरेको बताउँदै आगामी बर्षहरूमापनि सहकार्य गर्ने जानकारी दिए ।

मेला यही भादै ६ देखि १२ गतेसम्म टुँडिखेल मैदान बगरमा सम्पन्न हुने र मेलाबाट संकलित रकम इन्द्रेणी एकिकृत विकास केन्द्रद्वारा संचालित इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरूको समग्र स्तर उन्नतिमा खर्च गरिने आयोजकले जनाएको छ ।