त्रिपाठीलाई अमेरीकामा सम्मान

पोखरा ।

हेम्जामा जन्मथलो भई अमेरिकालाइ कर्मथलो बनाएका हेम्जालीहरुको वार्षिक सम्मेलन तथा वृहत समर पिकनिक कार्यक्रम सम्पन्न भएको छ ।

अमेरिकामा रहेका हेम्जाली हरूलाई खोजी गर्दै एकता वद्व गरी संगठित गर्ने,आगामी पुस्तालाई एक आपसमा परिचित गराई आफ्नो जन्मस्थलको विविध गतिविधिमा सहयोग पुर्याउने उद्वेस्यले निरज वहादुर साप्कोटाको अध्यक्षतामा हेम्जा वेलफेयर समाज समिति गठन गरिएको थियो । समिति सामाजिक गतिविधिमा संलग्न हुदै आएको छ । सोही अनुसार वृहत रक्तदान,समुदायमा सरसफाई,हेमजाका विभिन्न महोत्सव तथा सामाजिक,शैक्षिक,खेलकुद एवं उपचार कार्यमा विभिन्न माध्ययम द्वारा सहयोग पुर्याउदै आएको छ ।

कार्यक्रममा हेमजाका पूर्व गाविस अध्यक्ष्य श्री रामचन्द्र त्रिपाठी, विश्वरक्तदाता अर्जुन मैनालीलाई समितिले सम्मान गरेको थियो । कार्यक्रममा नेपाली काककग्रेसका यूवा नेता केन्द्रिय सदस्य गोविन्द भट्टराई,नेता रामचन्द्र त्रिपाठी,वुद्विजिवी यादव वाँस्तोला,संस्थाका संस्थापक सल्लाहकार विश्वराज वाँस्तोला ,टेकवहादुर कुककवर,एन आरएन अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी,लंगआइलेण्ड नेपाली समाजका अध्यक्ष टिकाराज ढकाल, रिजवुड नेपलिज सोसाईटी न्यूयोर्कका उपसभापती भूवनेश्वर अधिकारी,पत्रकार अनिल अधिकारी, पिकनिक कोर्डिनेटर अभिनय अधिकारी लगाएतले आफ्नो जन्मस्थलोको पहिचानको लागि हेम्जा वासी संगठित भएकोमा खुसी ब्यक्त गर्दै सवै नेपाली समुदाय सँग एकता र सहकार्य गर्दै मातृभूमीको विकासमा निरन्तर योगदान गर्नुपर्ने उल्लेख गरेका थिए ।

समितिका अध्यक्ष निरज साप्कोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब अनिल कुमार अधिकारीले गरको अमेरिकामा रहेका हाम्रा सहकर्मि सुमन वास्तोलाले खबर पठाए हुन ।