फेवाताल किनारका सुकुम्बासीलाई हटाउने

पोखरा, १४ चैत – फिर्के र बुलौंदी जोडिएपछि फेवातालमा मिसिने दोभान छेउमै एउटा सानो बस्ती छ । ब्लकको गारो र टिनका पाताले छाएका झुप्रे घरहरु छन् । मिश्रित जातिका मान्छेहरु बस्छन्, त्यहाँको सुकुम्बासी बस्तिमा ।

विशेषगरी फेवाताल र लेकसाईड क्षेत्रमा ज्याला मजदुरी गरेर हातमुख जोर्नेहरु ४० बर्षदेखि फेवाको साक्षी बनेर बसिरहेका छन् । सर्वोच्च अदालतले फेवाताल संरक्षण र अतिक्रमण रोक्नका लागि बर्तमान तीनवटै सरकारलाई जिम्मेवारी तोकेर आदेश दिएको छ ।

आदेश पाए लगत्तै गण्डकी प्रदेश सरकारले पर्यटन मन्त्री विकास लम्सालको संयोजकत्वमा एक्सन कमिटी गठन गरेको छ । समितिले अतिक्रमण हटाउनकै लागि सामान्य सर्भे गरेको छ भने अवैध रुपमा बसोबास गर्दै आएका फेवा किनारका बासिन्दाहरुलाई हटाउने निर्णय गरेको छ ।