बाढी, पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाडौं ।

अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ६० जना पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुनेमा महिला २४ जना महिला र पुरुष ३६ जना रहेका छन् ।
यस्तै ३८ जना घाईते भएका छन् ।

जसमा महिला १७, पुरुष २१ रहेका छन् । यस्तै २६ जना बेपत्तामा महिला १२ र पुरुष १४ जना रहेको छन् ।
प्रहरीका अनुसार १ हजार ४ सय ४४ जनाको सकुशल उद्धार गरिएको छ ।