जुत्ता चप्पल बनाउने तालिम समापन

पोखरा, १५ असार ।
आमा मिलन केन्द्रद्धारा संचालित मखमली जुत्ता, चप्पल बनाउने एक महिने सीपमूलक तथा नेतृत्व विकास तालिम सकिएको छ । करिब ४५ जनाले उक्त तालिम लिएका थिए ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेल, पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बराल, संचारकर्मी दुर्गा अधिकारी र महिला अधिकारकर्मी तारा थापाले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा बोल्दै सचिव पौडेलले गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय महिलाहरुको सीप विकासका लागि आमा मिलन केन्द्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले तालिमलाई जीवनोपयोगी बनाउन प्रशिक्षार्थीसामु आग्रह गरे ।

पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले महिलाहरुलाई आत्मनिर्भर बनाउन सीप विकास तालिमको आवश्यक रहेको औंल्याए । महिलाहरुलाई आत्मनिर्भर बनाउन वडाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्र्यक्रममा आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि.का पूर्व अध्यक्ष पृथ्वीराज शर्मा तिमिल्सिना, संस्थाका प्रवन्ध निर्देशक ध्रुवराज पौडेल, महिला मानवअधिकार रक्षक सञ्जालकी उपाध्यक्ष तारा थापा, महिला अधिकारकर्मी दुर्गा केसी, संचारकर्मी दुर्गा अधिकारी र सहकारी कार्यसमितिकी सदस्य कमला श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आमा मिलन केन्द्रकी अध्यक्ष इन्दिरा पौडेलको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष निर्मला घिमिरेले स्वागत र कोषाध्यक्ष खुमा लम्सालले संचालन गरेकी थिइन् ।