जनकपुर बमकाण्डमा मुछिएका सञ्जय टक्लालाई जन्मकैद

जनकपुरधाम – जनकपुरमा ६ वर्षअगाडि भएको बमकाण्डमा संलग्नता रहेको दोषी करार गर्दै जिल्ला अदालत धनुषाले तत्कालीन सांसद एवं पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलाइ (टक्ला)जन्मकैद सुनाएको छ। 

धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए। 

साहसहित अन्यलाई दोषी ठहर गर्दै जिल्ला अदालतले जन्मकैद सजाय हुने फैसला गरेको हो। टक्ला ५ वर्षदेखि पूर्पक्षका लागि थुनामा रहेका थिए। 

जनकपुरको रामानन्द चौकमा भएको बम काण्डमा परी ५ जनाको हत्या तथा करिब ४० जना घाईते भएका मुद्दा र जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्या गरेको अभियोगमा साह काठमाडौंस्थित कारागारमा मुद्दाको पुर्पक्षको लागि थुनामा थिए।