दारी ग्याङ पोखराद्धारा फेवाताल सरसफाई कार्यक्रम सम्पन्न ( फोटोफिचर )

असार ०७, पोखरा
दारी ग्याङ पोखराद्धारा फेवाताल सरसफाई कार्यक्रम शनिवार सम्पन्न भएको छ । विगत लामो समयदेखि सामाजीक कार्यमा अग्रसर उक्त समूहले करिव ५० जना व्यक्तिहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम वडा न ६ का जनप्रतिनिधि हरि पहारीको प्रमुख आतिथ्यतामा राष्ट्रिय गान गाएर तथा दारी ग्याङका संयोजक बसन्त पहारीद्धारा दारी ग्याङकै क्रियाशिल सदस्य महेन्द्र पहारीलाई जलकुम्भी झार प्रदान गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।

सामाजिक संजालद्धारा स्थापीत उक्त समूहले यसअघि पनि अन्य विभिन्न सामाजीक कार्य सँगै फेवातलको जलकुम्भी झार निकाल्ने कार्य गरेको थियो । हाल मेसिनमार्फत फेवाताल सफाई कार्य भैरहेको भएतापनि मेसिनले सफाई गर्न नमिल्ने स्थानमा सफाई कार्यक्रम गरिएको हो ।

आज सम्पन्न सफाई अभियानमा नेपाल स्काउट, we are one  हामी गर्न सक्छौ सहयोगि हातहरु ,पहिलो पाइला नेपाल , स्काउट , लियो क्लब अफ पोखरा पिस चौतारी र दारी प्रेमीहरु लगाएत विभिन्न सामाजीक संघ संस्थाहरुको पनि सहभागिता रहेको थियो । साथै हल्लनचोक बोर्ट ब्यबसायी समितिले डुंगा तथा लाइफ ज्याकेट प्रदान गरि कार्यक्रमलाई सफल पार्न सहयोग गरेको थियो ।

जलकुम्भि सरसफाईका लागि ल्याईएको मेसिनको उचित प्रयोग गर्नुपर्ने साथै फेवाताललार्ई कुरुप हुनबाट जोगाउने उदेश्यले उक्त कार्यक्रम संचालन गरिएको दारी ग्याङ पोखराका संयोजक बसन्त पाहारीले जानकारी दिएका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै क्रियाशिल सदस्य महेन्द्र पहारीले फेवाताल सबैको साझा सम्पत्ती भएको र यसको संरक्षण प्रति सबैको दायित्व रहेको प्रष्ट पारेका छन् साथै जलकुम्भी झारको विषयमा महानगरलाई पनि दवाव दिइरहेको जानकारी उनले दिएका छन् ।

दारी ग्याङमा हालसम्म देशैभर गरि १ लाख ४ हजार भन्दा बढि सदस्य आवद्ध रहेका छन् ।