पत्रकार महासंघले गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ

असार ०७, पोखरा ।

मिडिया काउन्सिल विधेयकको विरोधमा तेस्रो चरणको आन्दोलन अन्तर्गत पत्रकार महासंघले गरेको हस्ताक्षर संकलन प्रमुख जिल्ला अधिकारी मार्फत देशैभरबाट प्रधानमन्त्रीलाई बुझाइएको छ ।

यसैविच पत्रकार महासंघ कास्कीले पनि पोखरामा ३ दिनको अवधिमासंकलन गरिएको हस्ताक्षर शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा मार्फत प्रधानमन्त्री समक्ष पेश गरिएको छ ।

प्रधानमन्त्रीलाई हस्ताक्षर हस्तान्तरण गर्न आग्रह गर्दे पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली,गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल र पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गर्नु अघि पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले मिडिया काउन्सिल विधेयक संसोधन नगरिए वा फिर्ता नभए पत्रकारिता छाडेर अर्को पेशा रोज्नुपर्ने अवस्था आउने बताउनुभयो ।

चौथो चरणको आन्दोलन गर्नुपरे गर की मरको अबस्थामा रहेको उहाँको भनाई थियो । हस्ताक्षर बुझेपछि प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले आफुले आजै गृहमन्त्रालयमा पठाउने र गृह मार्फत प्रधानमन्त्रीको जाने जानकारी दिनुभयो ।

महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारहरु आन्दोलनमा रहेको बताउदै सरकारले काउन्सिल विधेयक संसोधन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष श्रेष्ठले पत्रकारहरुको आन्दोलन शान्तिपुर्ण हुने भन्दै चौथो चरणको आन्दोन घोषणा गर्नु अघिनै सरकारले पत्रकार माग सुनुवाई गर्ने विश्वास व्यक्त गर्नुभयो ।

देशै भरिका पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालय हुदै प्रधानमन्त्रीलाई हस्ताक्षरण हस्तान्तरण गरिएको बताइएको छ ।