किङ्स लाउन्ज पोखरामा आज अनुप्रस्थको प्रस्तुती

असार–०६,पोखरा ।

किङ्स लाउन्ज पोखरामा हरेक दिन मनोरञ्जनात्मक सांगीतिक प्रस्तुती हुँदै आएको छ । ग्राहकलाई मनोरञ्जनका लागि हेरक दिन किङस् ब्याण्डले सांगीतिक प्रस्तुती दिदै आएको छ ।

लाउन्जमा विभिन्न राष्ट्रिय तथा चर्चित ब्याण्डहरुले पनि आफ्नो सांगीतिक प्रस्तुती दिने गरेका छन् । यसैक्रममा आज ९शुक्रबार० चर्चित ब्याण्ड अनुप्रस्थले आफ्नो संगीतिक प्रस्तुती प्रस्तुत गर्ने भएको छ ।

लाउन्जमा आउने आगन्तुकका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । राति ८ बजेदेखि अनुप्रस्थले सांगीतिक प्रस्तुती प्रस्तुत गर्नेछ । लाउन्जमा आउने पाहुनालाई सांगीतिक मनोरञ्जनका साथै स्वेदेशी तथा विदेशी खाना सहज उपलब्ध हुनेछ ।

पूर्ण पारिवारिक वातावरणमा बसेर सांगीतिक कार्यक्रम तथा स्वेदेशी तथा विदेशी खानाको मज्जा लिन सकिनेछ ।

काठमाडौंमा स्थापना भएको एक बर्षपछि किङस् लाउन्जले पोखराको लेकसाईडमा पनि आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याएको हो ।

लाउञ्जको उद्घाटनको अवसरमा चर्चित गायक दीपक बज्राचार्य तथा रिदम व्याण्डले आफ्नो प्रस्तुती दिएको थियो ।

किङस् लाउन्ज काठमाडौंमा निकै लोकप्रिय छ । साथै स्थापनाको छोटो समयमा पोखरामा पनि लाउन्ज लोकप्रिय बन्दै गइरहेको छ ।